+
+

अष्ट्रेलियालाई रोक्न सक्ला भारतले ?

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ११ गते ११:२७

न्यूजिल्याण्डसँग विश्वकपको फाइनलमा कुन टीम भिड्छ ? यसको फैसला बिहीबार सिड्नीमा हुने भारत र अष्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनलले गर्नेछ ।

India-vs-Australiaन्यूजिल्याण्ड दक्षिण अफ्रिकामाथि ४ विकेटको रोमाञ्चक जित हात पार्दै पहिलो पटक फाइनलमा पुगेको छ ।

भारत पछिल्लो चार महिनादेखि अष्ट्रेलियामा छ । तर, विश्वकप अघि उसले कुनै पनि जित हात पार्न सकेन । यस्तोमा भारतलाई यसको दबाव हुनेछ ।

तर, विश्वकपमा भारतले समूह चरणका सबै खेल जित्नुका साथै बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । लगातार सात जितले भारतीय टीमको आत्मविश्वास बढेको छ ।

अष्ट्रेलियाले भने एक मात्र खेल हारेको छ र उसको प्रदर्शन निकै राम्रोछ ।

पिचको भूमिका महत्वपूर्ण

सिड्नी क्रिकेट ग्राउण्ड स्पीन बलरहरुका लागि राम्रो मानिन्छ । यस्तोमा भारतले फाइदा लिनसक्छ ।

अष्ट्रेलियाले भने भारतको स्पीन बलरका साथै आफ्नो बलरहरको मिश्रणमा पनि ध्यान दिन जरुरी छ । अहिलेसम्म उसका तिव्र गतिका बलर मिचेल जोनसन र मिचेल स्टार्कको जोडीमा मात्र विपक्षी टीमलाई निकै संकटमा पार्ने गरेका छन् ।

तर, यो टर्निङ विकेटमा अष्ट्रेलियाले जेभिर होडर्थीलाई मौका दिन सक्ने अनुमान पनि गरिएको छ ।

होम एड्भान्टेज

सिड्नीमा अष्ट्रेलियालाई होम एड्भान्टेज हुनेछ । उनको टीमलाई कुन परिस्थितिमा कसरी फाइदा उठाउन सकिन्छ भन्ने राम्ररी थाहा छ । प्रष्टै छ कि दर्शकको पनि घरेलु टीमलाई नै साथ रहनेछ ।

कप्तानको पनि भिडन्त

विश्वकपअघि लगातार हारिरहेको टीम इण्डियाका कप्तान महेन्द्र सिंह धोनी फाइनलमा पुगेर आलोचकहरुलाई शान्त पार्न चाहन्छन् ।

अष्ट्रेलियाका कप्तान माइकल क्लर्क भने चोटको समस्यासँग लडिरहेका छन् । साथै उनको कप्तानीमा समेत बेला बेला प्रश्न उठ्ने गरेकाले उनी निकै दबावमा हुनेछन्  ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?