+
+

ताप्लेजुङका अग्निपीडितलाई एमालेको १० लाख

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ११ गते १५:२२

११ चैत, काठमाडौं । ताप्लेजुङको फुङलिङ सदरमुकाम आगलागीबाट पीडित भएकाहरुलाई राहतका लागि एमालेले १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

CPN_UML_officeबुधवार अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले अग्निपीडितका लागि पार्टीको तर्फबाट १० लाख रुपैया दिने निर्णय गरेको हो ।

पार्टीको कोषबाट सो रकम पीडितलाई प्रदान गरिने सचिव योगेश भट्टराईले जानकारी दिए ।

यसैबीच एमाले सम्बद्ध युवा संघ र अनेरास्ववियुले पनि ताप्लेजुङका अग्निपीडितको राहतका लागि रकम संकलन गरिरहेका छन् ।

अखिलले मंगलवार भोटाहिटीबाट रकम संकलन गरेको थियो भने युवा संघले बुधवार बानेश्वरबाट शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?