Comments Add Comment

घोराही बजारका सीसी टिभी बन्द

CCTV-Camera-Control-room-at

  • जिल्ला प्रहरी कार्यालय भित्र सीसी टिभी क्यामराको कन्ट्रोल रुममा प्राविधिक

निमुसंगम घर्ती
१२ चैत, घोराही । सुरक्षाको लागि भनेर दाङको सदरमुकाम घोराही बजारमा जोडिएका सीसीटिभी क्यामरा बिग्रिन थालेका छन् । गत जेठ महिनामा उद्योग वाणिज्य संघको पहलमा ७ वटा सीसी टिभी क्यामरा जोडिएकोमा ६ वटा बन्द भैसकेका छन् ।

विगत दुई महिनादेखि ६ वटा सीसी टिभी क्यामराले काम गर्न छोडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तुलसीपुर चोक, शहिद गेट, बसपार्क, ट्राफिक चोक, रझेना चोक र दामोदर चोकमा जडान गरिएका क्यामराले काम गर्न छाडेका छन् । तर, मर्मतको पहल भएको छैन ।

क्यामरा सञ्चालनका लागि बनेको समिति नै निष्कृय छ । क्यामरा खरिद गर्दाको रकम भुक्तानी समेत नहुदा समस्या आएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । क्यामरा जडानका बेला पैसा दिने भनि घोषणा गरेकाहरुले पैसा नदिदा व्यवस्थापनमा समस्या भएको संघका अध्यक्ष हेमराज बन्जाडेले बताए ।

ऋण तिर्नै बाँकी

क्यामरा बिक्री गरेको बराह सप्लायर्सलाई करिब ३ लाख रुपैयाँ तिर्न बाँकी छ । एक बर्ष पुग्न लाग्दा समेत बिक्रीको रकम नपाएको सप्लायर्सले जनाएको छ । रकम पाए मर्मतमा सहयोग गर्ने सप्लायर्सका सञ्चालक धिरज पौडेलले बताए ।

उद्योग वाणिज्य संघका अध्यक्ष बन्जाडेले एक हप्ता भित्र समितिको बैठक बोलाउने र रकम भुक्तानीका साथै व्यवस्थापनमा छुट्टै समिति बनाउने तयारी गरेको जानकारी दिए । क्यामराको भुक्तानीका लागि रकम संकलन नभए आफूले व्यक्तिगतरुपमा भए पनि तिर्ने बन्जाडेले बताए । रकम भुक्तानी सँगै क्यामराको व्यवस्थापनका लागि छुट्टै समिति गठन गरि एक जनालाई निगरानीका रुपमा खटाउने योजना बनाएको बन्जाडेले जानकारी दिए ।

सुरक्षालाई थप चुस्त बनाउनका लागि उद्योग  वाणिज्य संघ, नगरपालीका र प्रहरीको सकृयतामा १० महिना पहिले सिसि क्यामरा जडान गरिएको थियो । यो बिचमा पनि पटक पटक क्यामराले काम गर्न छोडेको छ । विद्युत पावर बढी हुदा क्यामराका एडेप्टर जल्ने र अन्य स-साना मेसिनमा खराबी आउदा बन्द हुने गरेको बराह सप्लायर्सका सञ्चालक पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment