Comments Add Comment

एमाओवादीका कारण दीगो शान्तिमा वाधा : मन्त्री आचार्य

narahari-acharya,-Minister-

१२ चैत, धरान । शान्तिमन्त्री नरहरि आचार्यले एकीकृत नेकपा माओवादी सहमति छाडेर आन्दोलनमा गएकोले दीगो शान्ति स्थापनामा बाधा पुगेको दाबी गरेका छन् ।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको कालो झण्डा सामना गर्दै एकदिने पूर्वाञ्चलस्तरीय शान्ति सम्मेलनलाई विहीबार सुनसरीको धरानमा उदघाटन गरेका मन्त्री आचार्यलेे एमाओवादी नसुध्रिएसम्म देशमा स्थायी शान्ति असम्भब भएको बताए ।

उनले हतियार बोक्ने मानसिकता अन्त्य गर्न एमाओवादी लगायतका सबै दल र समूहहरुलाई आग्रह गरे । दीगो शान्ति स्थापनाका लागि हतियार व्यवस्थापनले मात्रै नपुग्ने उनको भनाइ थियो ।

माओवादीलगायत सडकमा रहेका दललाई जतिसक्दो चाँडो वार्तामा आउन आग्रह गरे । उनले एक वर्षमा १२ सशस्त्र समूहसँग वार्ता गरी शान्ति प्रक्रियामा ल्याइएको जानकारी पनि गराए ।

शान्ति मन्त्रालयले आयोजना गरेको सम्मेलनमा पूर्वाञ्चलका १६ वटै जिल्लाका स्थानीय शान्ति समितिका प्रतिनिधिहरु सहभागि छन् । एमाओवादी सहितका दलहरुले भने सम्मेलन बहिस्कार गरेका छन् ।

मन्त्रीलाई कालो झण्डा

मन्त्री आचार्यलाई एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए । शान्ति सम्मेलनको कार्यक्रमस्थल गीता मन्दिर अगाडि कालो झण्डा देखाइएको हो ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारका प्रधानमन्त्री, मन्त्री लगायतलाई कालो झण्डा देखाउने कार्यक्रम मोर्चाले तय गरेको छ ।

– गोपाल दाहालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment