Comments Add Comment

लीकाे अन्त्येष्टिमा सहभागी हुन उपप्रधानमन्त्री सिंह सिंगापुर प्रस्थान

१२ चैत, काठमाडौँ । सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान युको अन्त्येष्टिमा सहभागी हुन उपप्रधानमन्त्री प्रकाशमान सिंह विहीबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

Prakashman-singh-and-his-wiनेपाल सरकारको प्रतिनिधित्व गर्दै उनी श्रीमती सिर्जनासहित सिंगापुर गएका हुन् । सिंहको साथमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि छन् ।

सिंगापुरको विकास र समृद्धिको योजनाकार युको गत सोमबार ९१ बर्षको उमेरमा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ आइतबार अन्त्येष्टि हुँदैछ । युको अन्त्येष्टिमा विश्वका राष्ट्रप्रमुख तथा प्रतिनिधि सहभागी हुने कार्यक्रम छ ।

उपप्रधानमन्त्री सिंह सिंगापुरमा रहँदा त्यहाँ बस्दै आएका नेपालीहरुसँग भेटघाट पनि गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment