Comments Add Comment

सेतो मछिन्द्रनाथको जात्रा आजबाट सुरु

१३ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा शुक्रबारबाट सुरु हुदैछ । सेतो मछिन्द्रनाथको रथ साँझ ५ बजे जमलको तीन धाराबाट तानेर असनसम्म लगिने रथजात्रा मुल व्यवस्थापन समितिले जनाएको छ ।

जात्रा अवलोकनमा लागि उपराष्ट्रपति परमानन्द झा साँझ असन पुग्ने कार्यक्रम रहेको छ ।

उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाइन्छ ।

वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको यात्राका लागि रथ बनाउँने देखि व्यवस्थापकीय कार्यसम्म सम्पन्न भैसकेको जात्रा व्यवस्थापन समितिले जनाएको छ ।

सेतो मछिन्द्रनाथको र्दशन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ ।

चैत १७ गतेसम्म हुने रथयात्राका लागि स्थानीय सर्वसाधारणले उल्लेख्य सहयोग गरेको सेतो मच्छिन्द्रनाथ रथजात्रा व्यवस्थापन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment