Comments Add Comment

कृषि मन्त्रीको राजिनामा माग्दै पशु चिकित्सक आन्दोलित

१३ चैत, चितवन । नेपाल पशु चिकित्सा परिषद् ऐन २०५५ लाई संशोधन गर्ने बहानामा सरकारले त्रुटीपूर्ण विधेयक ल्याएको भन्दै नेपाल भेटेरिनरी एशोसियशन चितवनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

Veterany-Doctorशुक्रबार चितवनको नारायणगढमा पत्रकार सम्मेलन गर्दै एशोसियसनले चितवनमा दुई दिनसम्म र चैत्र १५ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।

पशुचिकित्सा पेशाको नियमनकारी निकायमा योग्यता नपुगेका व्यक्ति (जे. टि, जे.टि.ए) लाई परिषद्को सदस्य बनाएर योग्य व्यक्ति (दर्तावाल चिकित्सक) को नियमन गर्ने त्रुटिपूर्ण कानुन बन्न लागेको बिरोधमा आन्दोलनमा उत्रनु परेको एशोसियशन चितवनका अध्यक्ष डा. सुभास श्रेष्ठले जानकारी दिए ।

आन्दोलनका कार्यक्रम अनुसार शुक्रबारै नेकपा एमाले पार्टी कार्यालय मार्फत कृषि मन्त्री हरिप्रसाद पराजुलीको राजिनामा माग्दै ज्ञापन पत्र बुझाउने एशोसियसन चितवनका महासचिव डा. नारायण न्यौपानेले जानकारी दिए ।

शुक्रबार नै प्रशासनिक तथा प्राध्यापन कार्यहरु अवरुद्व गर्ने, कृषक तथा पशुपालन व्यवसायीसंग आन्दोलनबारे अन्तरक्रिया तथा सहकार्य गर्ने, दर्तावाल पशु चिकित्सकहरुको भेला रामपुरमा गर्ने, कालोपट्टि बाँधेर दैनिक काम गर्ने एशोसियसनले जनाएको छ ।

यसैगरी आन्दोलनकै कार्यक्रम अनुसार चैत १४ गते शनिबार जिल्लाका सभासदहरुलाई आन्दोलनबारे अभिमुखीकरण गर्ने र सरकारलाई दवाब दिन आग्रह गर्ने, जिल्ला पशु सेवा कार्यालयमा कालो तुल राखी बिरोध प्रदर्शन गर्ने, कालोपट्टि बाँधेर दैनिक कार्य गर्ने रहेका छन् ।

दुईदिन सम्म जिल्ला स्तरमा आन्दोलन गरिएपछि काठमाडौं केन्द्रित हुने एशोसियशन चितवनका अध्यक्ष डा. श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment