Comments Add Comment

चट्याङ लागेर एक बालिकाको मृत्यु

१४ चैत, प्यूठान । प्यूठानमा चट्याङले लागेर एक बालिकाको मृत्यु भएको छ । शनिबार बिहान करिब ४ बजे परेको चट्याङ लागेर नारीकोट-८ की ९ वर्षीया राधिका सुनारको मृत्यु भएको प्रहरी प्रमुख नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । अन्य चार जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा २२ वर्षीया लक्ष्मी विक, १६ वर्षीय केयरसिम सुनार, २२ वर्षीया सुकमारी सुनार र १८ वर्षीय पुष्प सुनार रहेका छन् ।

सो घटनामा स्थानीय दोसाध प्राविमा कक्षा ४ मा अध्ययनरत बालिका राधिकासँगै उनका अभिभावक र सोही विद्यालयमा अध्ययनरत विद्यार्थी परेको विद्यालयका शिक्षक नारायण जिसीले जानकारी दिए ।

घाइते भएका सबैलाई प्रहरीले उद्धार गरी अस्पताल लगिएको जनाएको छ । साथै चट्याङ लागेर स्थानीय नरबहादुर कुँवरको एउटा गाई पनि मरेको छ ।

पानीमा डुबेर दूधे बालकको मृत्यु

महोत्तरीको सहोडवा गाविसमा शुक्रबार अबेर साँझ पानीमा डुबेर एक दूधे बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सहोडवा– ४ बस्ने भोला यादवका डेढ वर्षीय छोरा अमितकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बालक यादवको आफ्नै घर अगाडि बाटोको छेउमा रहेको खानेपानी पाइपको पानी जम्मा गर्न खनिएको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

घरका सबैजना आ–आफ्ना काममा व्यस्त रहेका बेला घर बाहिर खेल्दै गरेका बालक यादव खाल्डोमा खसेको र खाल्डोबाट बाहिर निस्कन नसक्दा उनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment