Comments Add Comment

एभरेष्ट होटलमा लागेको अागो नियन्त्रणमा

everest

१५ चैत, काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आगलागी भएको छ । होटलको भुइँतलामा लागेको अागो दमकलले नियन्त्रणमा लिएको छ ।

होटलको भित्र लागेको अागाे भने धेरै फैलन नपाइ दमकलले नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर अागलागी भएको हो । अागो लागेपछि होटलमा रहेका पाहुनालार्इ बाहिर निकालिएको थियो ।

स्टोर कोठामा लागेको अागोले कराेडाै रूपैयाँको क्षति भएको होटलले दाबी गरेपनि यकिन विवरण अाउन बाँकी रहेको नयाँ बानेश्वर प्रहरी वृत्तका डीएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

हाेटेलकाे किचन छेउमा रहेकाे भुँइ तलाकाे स्टाेर गरिएकाे ठाउँमा अागाे लागेकाे थियाे । अागलागीबाट स्टाेर गरेर राखिएका साेफासेट तथा कार्पेटहरू जलेर  नष्ट भएको छ ।

ढाेकामा चाबी लगाइँदा क्षति बढी 

सामान्य अागाे बल्दैमा किचनमा थाहाँ हुँदैन । विभिन्न परिकारहरू पकाइने भएकाेले किचनमै अागाे बालिएकाे कर्मचारीहरूले ठाने । कार्पेट र साेफामा अागाे सल्किएर मुस्लाे  लागेपछि मात्रै थाहा पाएकाे कर्मचारीले बताए । अागाे सल्किएकाे काेठामा ताला लागेकाे हुँदा तत्काल ढाेका खाेल्न नसकिँदा स्टाेर गरिएका सामान सबै जल्न पुगेकाे हाेटल कर्मचारीले जानकारी दिए । सामान्य अागाे लाग्दा भित्रै रहेकाे फायर बक्सबाट नै अागाे नियन्त्रण लिन सकिने भए पनि ताला लगाइएकाे कारण समयमा अागाे निभाउन नसकिएकाे उनीहरूले बताए ।

कर्मचारीहरू काम गरेर थाकेपछि कहिलेकाँही अाराम गर्न जान्थे । कर्मचारीले अाराम गरे भनेर ताला लगाइएकाले ताला खाेल्नै ढिला भएकाले अागाेले क्षति पुर्रयाएकाे एक कर्मचारीले अनलाइनखबरलार्इ बताए ।

अागलागीले विदेशी पाहुनाकाे भागदाैड

हाेटलमा एक्कासी अागाे लागेपछि विदेशी पाहुनाहरूमा भागदाैड मच्चिएकाे थियाे । पाहुना बस्ने काेठासम्म अागाे नपुगे पनि अागलागी भएकाे हल्लाले उनीहरू अातंकित भएका थिए । अागलागी भइसकेपछि सवैभन्दा पहिला हाेटलका पाहुनाहरूलार्इ बाहिर निकाल्ने काम गरिएकाे डीएसपी कार्कीले बताए । सेना, प्रहरी तथा काठमाडाै महानगरपालिकाका चार वटा दमकलले झन्डै दुर्इ घन्टापछि अागाे नियन्त्रणमा लिएकाे हाे ।

everexst

Everest-aaglagi

everest-aaglagi2

aaglagi-4

everest-aaglagi3

everest-aaglagi-3

everest-aaglagi-5

everest-aaglai

pahuna

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment