Comments Add Comment

झगडा परेको भन्दै बोलाएर प्रहरी टोलीमाथि सांघातिक आक्रमण

Ghaite-kailali

१५ चैत, कैलाली । कैलालीको धनगढीमा स्थानीय गाउँलेहरुले प्रहरी टोलीमाथि सांघातिक आक्रमण गरेका छन् ।

जुगेडाको श्रीराम ईटा भट्टामा झगडा परेको खबर गरेपछि अस्थायी प्रहरी चौकी जुगेडाबाट प्रहरी टोली गएको थियो । तर, प्रहरी टोली पुग्नासाथ आक्रमण भएको छ ।

आक्रमणमा परी प्रहरी हबल्दार गणेशराज जोशी र जवान थानेश्वर पन्त घाइते भएका छन् । उनीहरुको टाउको, ढाड तथा छातीमा चोट लागेको छ ।

उनीहरुका अनुसार स्थानीयबासीको एक समूहले उनीहरुलाई लाठी तथा ईटाले आक्रमण गरेका थिए ।

दुबैको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी रविन्द्र नेगी र जयबहादुर साउद भने भाग्न सफल भएका छन् । उनीहरुलाई समान्य चोट लागेको छ ।

आक्रमणकारीको पहिचान भएको र उनीहरु राना थारु समुदायको भएको प्रहरीले बताएको छ । घटनामा संलग्न रहेको आशंकामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment