Comments Add Comment

बंगलादेश क्रिकेट टीमको नेपाल भ्रमण स्थगित

१५ चैत, काठमाडौं । नेपाल र बंगलादेशबीच काठमाडौंमा हुने भनिएको क्रिकेट खेल स्थगित भएको छ । अन्तिम समयमा आएर बंगलादेशको टीमको नेपाल भ्रमण स्थगित भएको छ ।

Can-Logo‘बंगलादेश क्रिकेट बोर्डबाट त होइन । तर, ३/४ जना टेष्ट प्लेयरसहितको टीम आउने भनिएको थियो,’ नेपाल क्रिकेट संघ क्यानका सीइओ भावना घिमिरेले अनलाइनखबरसँग भनिन्, ‘अहिलेलाई स्थगित भएको छ ।’

उनका अनुसारमा नेपालमा विभिन्न समूहले बन्दको कार्यक्रम राखेको तथा मैदानको तयारीका लागि समेत कम समय भएकाले भ्रमण स्थगित भएको हो । उनले भनिन्, ‘अब पछि आउने भनिएको छ तर, समय तय भएको छैन ।’

नेपाल क्रिकेट संघ क्यानले हालै बार्षिक क्यालेण्डर सार्वजनिक गर्दा नेपाल र बंगलादेशबीच कीर्तिपुरमा खेल हुने बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment