Comments Add Comment

डा. केसीको माग सम्वोधन गर : जनमोर्चा

१५ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले डा. गोविन्द केसीको माग सम्वोधन गर्न सरकारसँग माग गरेको छ । डा. केसीका माग जायज रहेकोले तत्काल सम्वोधन गर्न र जीवन रक्षा गर्न जनमोर्चाले माग गरेको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति निकालेर नयाँ शिक्षण अस्पताल सन्चालनका विषयमा सरकारले दोहोरो चरित्र देखाएको भन्दै विरोध समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य क्षेत्रको सम्पूर्ण व्यवस्थापन राज्य पक्षले नै लिनु पर्नेमा सरकारले एकातिर निजीस्तरलाई पूर्वाधारविना नयाँ टिचिङ हस्पिटल खोल्न दिने र, अर्को तिर आन्दोलनरत पक्षको पनि समर्थन गरे जस्तो खतरनाक दोहोरो भूमिका खेल्दै आएको छ । यस प्रवृत्तिको राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्दछ ।’

स्वास्थ्य क्षेत्रमा हुने अनियमितता, भ्रष्टाचार तथा मेडिकल कलेजको सम्बन्धन प्रक्रियामा हुने नीतिगत भ्रष्टाचार रोक्न स्वास्थ्य सम्बन्धी राष्ट्रिय नीति जारी गर्न पनि जनमोर्चाले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment