+
+

प्रधानलाई यातायात विभागको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १५ गते १४:५८

१५ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यातायात क्षेत्र समन्वय विभागका प्रमुखमा देवेन्द्र प्रधानलाई जिम्मेवारी दिएको छ ।

पार्टीको नीति तथा कार्यक्रम कार्यान्वयनको निमित्त विभिन्न निकायसँग समन्वय गर्न सो विभाग भर्खरै स्थापना गरिएको हो ।

यातायात क्षेत्रसम्बन्धी नीति निर्धारणमा केन्द्रीय समितिलाई राय दिने तथा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको सो विभागले यातायात क्षेत्रका व्यवसायी तथा मजदुर वर्गमा पार्टीको प्रभाव र सङ्गठन विस्तार गर्न आवश्यक कार्य गर्ने बताइएको छ ।

सो क्षेत्रसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थामा पार्टीको तर्फबाट विभागले प्रतिनिधित्व गरी पार्टीका नीति अवगत गराउने छ ।

नवनियुक्त प्रमुख प्रधानले यातायात क्षेत्रमा संलग्न समुदायको हित संवर्द्धनका लागि गोष्ठी, सेमिनार अन्तक्र्रियाको आयोजना गरी त्यस क्षेत्रमा यात्रु, व्यवसायी तथा मजदुरबीच देखिएका समस्या समाधान गर्न आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?