Comments Add Comment

सशस्त्र प्रहरीले मेसमा वायोग्यास प्लान्टबाट खाना पकाउने

APF-mou-saining

१५ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलले आगामी तीन वर्षभित्र देशभरका आˆना सवै इकाईहरुमा खाना पकाउन वायोग्यास प्रयोग गर्ने भएको छ ।

देशभरका १९० मेसमा प्लान्ट राख्नेबारे आइतबार सम्झौता भएको छ ।सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राई र वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

पहिलो चरणमा आगामी तीन महिनाभित्र सशस्त्र प्रहरी बलको २० इकाइमा वायोग्यास प्लान्ट राखिनेछ भने र अर्को आर्थिक वर्षमा ८५ ठाउँमा र त्यसपछिको वर्षमा बाँकी ८५ ठाउँमा वायोग्यास प्लान्ट निर्माण गरिनेछ । वायोग्यास प्लान्ट वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको प्राविधिक सहयोग तथा ६० प्रतिशत अनुदानमा निर्माण गरिने सशस्त्र प्रहरीले बताएको छ ।

कार्यक्रममा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले सुरक्षा निकायमै पहिलो पल्ट सशस्त्र प्रहरी बलले आˆना सवै मेसमा खाना पकाउन वायोग्यासको प्रयोग गर्न लागेकोमा एपीएफको प्रयासको प्रशंसा गरेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले वायोग्यासलाई ब्यारेकहरुमा खाना पकाउन उपयोग गरिदा खर्चमा कटौती हुनुका साथै वातावरण संरक्षणमा समेत मद्दत गर्न सकिने तथा मानव स्वास्थ्यमा समेत सहयोग पुग्ने बताए ।

सशस्त्र प्रहरी बलका मेसहरुमा खाना पकाउन हाल एलपी ग्यासको प्रयोग गर्दै आएको छ । एपीएफका अनुसार करीव पाँचसय जनाको लागि खाना पकाउँदा झण्डै तीन लाख रुपैयाँ बराबरको ग्यास मासिक रुपमा खर्च हुनेगरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment