Comments Add Comment

भारत र चीनमा वस्तुको निकासी घट्ने क्रममा

१५ चैत, विराटनगर । ठोस नीतिको अभाव र समयमै समस्याको समाधान हुन नसक्दा भारत र चीनसँग वस्तुको निकासी घट्ने क्रममा रहेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा विराटनगरमा आयोजित निकासी व्यापारमा संलग्न संस्थासँगको अन्तरक्रियामा सहभागीले वाणिज्य र औद्योगिक नीतिलाई व्यापारिक नीतिमा परिवर्तन गर्नुपर्ने, भारतसँग वाणिज्यसम्बन्धी बैठकमा व्यापारमा देखिएका समस्यालाई समाधानका लागि पहल गर्नुपर्नेलगायतका विषयमा जोड दिएका थिए ।

सो अवसरमा व्यापार तथा निकासी प्रर्वद्वन केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरेले भारतलगायतका मुलुकमा निकासी हुने वस्तुमध्ये ४१ प्रतिशत वस्तु पूर्वाञ्चलबाट निकासी हुने गरेको जानकारी गराउँदै उत्पादनदेखि बजारीकरणसम्म देखिएका समस्यालाई पहिचान गरी समाधान गर्नुपर्ने बताए ।

सहायक प्रजिअ प्रेमप्रसाद लुईंटेलले खाद्यान निर्यात गर्ने मुलुक यतिखेर आयातमा निर्भर भएको उल्लेख गर्दै निकासीमूलक उद्योगको प्रवद्र्धन आवश्यक रहेको बताए ।

मोरङ उद्योग संगठनका कार्यबाहक अध्यक्ष मुकेश उपाध्यायले निकासीको स्तर गिर्दो अवस्थामा रहेको र जुटको निकासीमा भारतीय पक्षबाट उत्पन्न गरिएका कठिनाइका कारण मोरङ र सुनसरीका उद्योग बन्द भएमा २० हजार मजदुर बेरोजगार हुने स्पष्ट पारे ।

सो अवसरमा व्यापार तथा निकासी केन्द्रका नायब कार्यकारी निर्देशक तेजसिंह विष्ट, जिआइजेडनामक संस्थाका कार्यक्रम अधिकृत लेखमणि ढकालले निकासीमा देखिएका समस्या र समाधानको उपायबारेमा आआफ्ना धारणा प्रकट गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment