Comments Add Comment

मठमन्दिर सरसफाइ अभियानमा लियो क्लव

lio patan१५ चैत, काठमाडौ । विश्व सम्पदा सूचीमा सूचिकृत क्षेत्रमा रहेका मठ मन्दिरहरु प्रदुषित बनेपछि लियो क्लबले सरसफाइ अभियान थालेको छ ।

‘हाम्रो सम्पदा हाम्रो शान, उत्प्रेरित स्थानीय मान्छे’ भन्ने नाराका साथ लियो क्लब अफ काठमाण्डौ हिमालयज पाटनले सांस्कृतिक सम्पदा सरसफाई, संरक्षण तथा सम्वर्द्धन अभियान थालेको हो ।

प्रत्येक अंग्रेजी महिनाको अन्तिम शनिवार सरसफाइ कार्य गरिने क्लवले जनाएको छ । शनिबार संकटा मन्दिरमा सरसफाई गरि दोस्रो अध्यायको काम सम्पन्न भएको क्लवले जनाएको छ ।

यसअघि फेब्रुअरी महिनाको अन्तिम शनिबार प्रथम अध्यायको रुपमा भद्रकाली मन्दिर परिसर सरसफाइ गरिएको थियो ।

बागमती सफाई अभियान लगायत जनस्तरबाट भएका सरसफाइ अभियान चलिरहेको बेला लियो क्लब अफ काठमाण्डौ हिमालयज पाटनको अगुवाईमा युवाहरु मठमन्दिर सरसफाइ तथा संरक्षणमा लागेको अभियानका संयोजक तथा क्लवका निवर्तमान अध्यक्ष लियो सन्देश रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment