Comments Add Comment

पत्रकार भट्टराई मृत फेला

१५ चैत, इटहरी । उदयपुरको गाइघाटबाट प्रकाशित हुँदै आएको बरुवा टाइम्स पत्रिकाका कार्यकारी सम्पादक सचिन भट्टराई इटहरीमा मृत फेला परेका छन् ।

Sachin-Bhattarai,-Udayapur,हिमालय टाइम्स दैनिकका जिल्ला समाचारदाता समेत रहेका भट्टराई १० चैतदेखि सम्पर्कविहीन थिए । चैत १२ गते इटहरीमा एक युवक मृत फेला परेको थाहा पाएपछि उदयपुरका पत्रकार र आफन्त आएर शव पहिचान गरेका हुन् । त्यसअघि आँपगाछीमा फेला परेको सो शव पहिचान हुन सकेको थिएन ।

शवको प्रकृति हेर्दा हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ । तर हत्याको कारण र हत्यामा संलग्न व्यक्तिको पहिचान भएको छैन ।

भट्टराईले सुनका गहना धितो राखेर सुन पसलबाट पैसा झिकेको र सोही पैसाको कारण हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment