Comments Add Comment

बालश्रम गर्न लैजाँदै गर्दा १६ बालबालिकाको उद्धार

१५ चैत,काठमाडौँ । काठमाडौँको कपन कार्पेट कारखानामा काम गरेका १६ बालबालिकालाई चितवन लैजाँदै गरेको अवस्थामा प्रहरी र माइती नेपालको संयुक्त टोलीले उद्धार गरेको छ ।

आठदेखि १३ वर्षसम्मका बालबालिकालाई श्रममा लगाउन चितवन लैजाँदै गरेको अवस्थामा प्रहरी नायब उपरीक्षक प्रवीण धितालको नेतृत्वको टोलीले उद्धार गरेको हो । पीडित बालबालिकामा पाँच जना मकवानपुर र ११ जना रौतहटका छन् ।

उनीहरूलाई थानकोट प्रहरीले माइती नेपालको टोलीलाई जिम्मा लगाएको छ । बालबालिकाको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको माइती नेपालले जनाएको छ ।

आफूलाई ‘माइला’ र ‘साहिला’ साहु भन्ने व्यक्तिले तीन ठेकेदारको सहयोगमा ति बालबालिकालाई काठमाडौँबाट चितवन लैजान लागेका थिए ।

नयाँ बालबालिकालाई मासिक तीन हजार र पुराना बालबालिकाई मासिक पाँच हजार रूपैयाँ दिएर साहुले आफूहरुलाई बिहान चार बजेदेखि राति आठ बजेसम्म काम लगाउने गरेको पीडित बालबालिकाले बताएका छन् ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालबालिकाको शिक्षालाई निःशुल्क गर्नुका साथसाथै श्रम गर्न पाइँदैन भने तापनि दिनानुदिन बालश्रम हुने गरेको बताइन् ।

अध्यक्ष कोइरालाले यस्ता बालबालिकालाई इँटाभट्टा र गलैँचा कारखानामा काम लगाउने मालिकलाई कारबाही हुनुपर्ने माग गरिन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment