+
+

के चलचित्र बनाउने ‘मुर्ख’ नै हुन् त ?

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १८ गते १०:४३
निर्माता केशव भट्टराइको साथमा निर्देशक निर्मल शर्मा ।
निर्माता केशव भट्टराइको साथमा निर्देशक निर्मल शर्मा ।

आज अप्रिल १ अर्थात झुट बोल्ने दिन । आजको दिनमा मानिसहरु एक अर्कालाई मुर्ख बनाउँछन् । तर, निर्देशक तथा कलाकार निर्मल शर्मा भने यो दिनलाई ‘निर्माता दिवस’ भन्छन् ।

निर्मल शर्मा अहिले आफ्नो फेसुबकमा नेपाली चलचित्रका बिषयमा धेरै निराशावादी कुरा लेख्छन् । चलचित्र नवुझेर पैसा हुनेहरुले बनाउँदा यस्तो अवस्था आएको उनको भनाई छ । नेपाली चलचित्र बनाउनका लागि पैसा भन्दा पनि वुद्धी आवश्यक भएको उनको भनाई छ । यसैले उनले निर्मातालाई ‘मुर्ख’ भनेको हुनसक्छ ।

निर्मल शर्माले फेसबुकमा लेख्ने स्टाटसका बारेमा चलचित्र क्षेत्र भित्रै विभिन्न खालका टिप्पणी भएको पाइन्छ । तर, पनि निर्मल शर्मा नवुझ्नेहरुलाई वुझाउन आफूले फेसबुकमा स्टाटस लेख्ने गरेको बताउँछन् ।

अप्रिल फूलको दिनमा उनले लेखेको स्टाटसले नेपालमा चलचित्रमा लगानी गर्ने निर्माता ‘मुर्ख’ हुन् भन्ने देखाउँछ । उनले फेसबुकमा ‘ह्याप्पी फिल्म प्रोड्यूसर डे’ लेखेका छन् ।

उसो भए, उनीमाथि लगानी गर्ने दुई निर्माता पूजना स्त्रि र केशव भट्टराई पनि मुर्ख नै हुन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?