Comments Add Comment

पूर्व गृहराज्यमन्त्री महेन्द्र यादवको निधन

१८ चैत, काठमाडौं । नेपाली कांग्रेस महोत्तरीका महाधिवेशन प्रतिनिधि एवं पूर्व गृह राज्यमन्त्री महेन्द्र यादवको निधन भएको छ । व्रेन ट्युमरबाट पीडित यादवको मंगलबार चितवनस्थित वीपी कोइराला क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

जिल्ला कार्यसमिति, महोत्तरीको पूर्व सचिव, पूर्व जिल्ला सदस्य रहिसकेका यादव २०४८ र २०५१ को संसदीय निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

उनको पार्थिव शरीरलाई मंगलबारै बेलुका गृह जिल्ला महोत्तरी लगिएको थियो । बुधबार अन्तिम श्रद्धाञ्जली दिएपछि अन्येष्टी गर्ने कार्यक्रम छ ।

बुधबार कांग्रेसले शोक विज्ञप्ति निकालेर यादवको निधनबाट एक कुशल राजनीतिककर्मीलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment