Comments Add Comment

सहकारी दिवसको अवसरमा रक्तदान

१८ चैत, सिमरा । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी बैंक सिमरा शाखाले बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४७ जना सहकारीकर्मीहरुले रक्तदान गरेका छन् ।

Blood-Donation-at-Simaraरक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारीहरु सामाजिक व्यवसायिक संस्था भएकोले सामाजिक उत्तरदायित्व बहनमा पनि जिम्मेवार रहेका बताए । जिल्ला सहकारी समन्वय सञ्जालका संयोजकसमेत रहेका पौडेलले सहकारीको क्रियाशिलताले नेपाली समाजलाई एकतावद्ध र आर्थिक रुपमा समृद्ध बनाउन सक्ने बताए ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, उपाध्यक्ष शम्भु राम, सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अनिता लम्साल, नेपाल रेडक्रस सोसाइटी सिमरा उपशाखा प्रमुख शिव शर्मा, रक्त सञ्चार केन्द्रका प्रतिनिधि धिरेन्द्र झा, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख निरज अर्याललगायतको उपस्थिति थियो ।

‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने मूलनाराका साथ सहकारीकर्मीहरुले चैत्र २० गते देशव्यापी रुपमा ५८ औं राष्ट्रिय सहकारी दिवस मनाउदैछन् ।

कृष्ण पौडेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment