Comments Add Comment

सिन्धुपाल्चोकमा ८ किलो सुनसहित दुईजना पक्राउ

१८ चैत, सिन्धुपाल्चोक । प्रहरीले सिन्धुपाल्चोकको जलविरेबाट ८ केजी अवैध सुनसहित विकट गुम्बा गाविसका दुई दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ ।

goldfinal

  • फाइल तस्वीर

बा २ ख १२०२ नम्बरको बसमा यात्रा गरिरहेका लाक्पा शेर्पा र पासाङ शेर्पाको साथबाट ८ केजी सुन बुधबार बरामद भएको हो । पासाङको साथबाट ५ केजी र लाक्पाको साथबाट ३ केजी सुन बरामद भएको जलविरे प्रहरीले जनाएको छ ।

उनीहरुले कम्मरमा बाँधेको पटुका भित्र सुन लुकाएका थिए । सो सुन काठमाडौंतर्फ लैजान लागेकोबेला उनीहरु पक्राउ परेका हुन् ।

सुन तस्करको नयाँ रुट

विगतमा राजमार्गबाट अवैध सुन बरामद हुने गरेकोमा राजमार्ग भन्दा बाहिरबाट सुन बरामद भएको यो पहिलोपटक हो ।

सुन तस्करले अब राजमार्गको साटो चोरबाटोबाट सुन भित्र्याउन लागेको यो घटनाले देखाएको छ । पक्राउ परेका दाजुभाइले चिनियाँ ब्यापारीले बीस-बीस हजार रुपैयाँ दिने शर्तमा सुन बोकेर हिँडेको बयान दिएका छन् ।

चीनको खासाबाट भैरवकुण्ड लेक, वाङगुचे हुँदै गुम्बा गाविसबाट सुन तस्करीको नयाँ मार्ग निर्माण भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment