Comments Add Comment

मोरङमा बस जुध्दा मृतकको संख्या ४ पुग्यो

१८ चैत, विराटनगर । मोरङको टंकिसिनुवारी-६ स्थित नेमुवामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

उदयुपुरको बेलटारबाट आउँदै गरेको को १ ख ४१९० नम्वरको बस र विराटनगरबाट धरान जाँदै गरेको को १ ख ३८०५ नम्वरको बस बुधबार विहान ठोक्किँदा दुई पुरुष र दुई महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरी लौकही-७ की ५० वर्षीया विलक्ष्मी देवी सहनी, सप्तरी छिन्नामस्ता ८ का ५२ वर्षीय अरुण झा र भारत भीमनगरकी सुमित्रादेवी सिंह छन् । अर्का एक पुरुषको भने सनाखत भएको छैन ।

मृतक सबै बेलटारबाट आउँदै गरेको को १ ख ४१९० नम्वरको बसका यात्रु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३० यात्रु घाइते भएका छन् । घाइतेहरुलाई नजिकको अस्पतालमा उपचारका लागि लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment