Comments Add Comment

बाराका स्रोतव्यक्ति ५० हजार घुससहित पक्राऊ

सुभाष साह
१८ चैत, कलैया । जिल्ला शिक्षा कार्यालय बारा अन्तर्गत बरियारपुर स्रोत केन्द्रका स्रोतव्यक्ति जगदिश कुशवाह ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

Jagadish-Kushwaha-Bara

कलैया नगरपालिका ५ घर भएका कुशवाहलाई उनकै घरबाट अख्तियारको टोलीले रंगेहात पक्रेको हो ।

महागढीमाई नगरपालिकाको गञ्जभवानीपुरमा युनाईटेड पब्लिक स्कुल खोल्नका लागि सिफारिस गरिदिए वापत लिएको ५० हजार रुपैयाँ घुस सहित उनलाई पक्रेको अख्तियार हेटौडा कार्यालयका प्रवक्ता महेन्द्रनाथ भट्टराईले जानकारी दिए ।

घुस लेनदेन हुन लागेको भन्ने गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाको टोली बारा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment