+
+

डा. केसी र सरकारबीच ११ बुँदे सहमति, अनसन तोडियो (पूर्णपाठसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत १९ गते २०:५२

govinda-kc-4

१९ चैत काठमाडौं । सरकारसँगको ११ बुँदे सहमतिपछि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले बिहीबार १२ दिन लामो आमरण अनसन तोडेका छन् ।

सरकार, नेपाल चिकित्सक संघ र डा. केसीबीच बिहीबार ११ बुँदे सम्झौता भएको छ । सहमति पत्रमा डा. केसी, चिकित्सक संघका अध्यक्ष अन्जनीकुमार झा र सरकारी वार्ता टोलीका सदस्य डा. गोविन्दराज पोखरेल र लिलामणी पौडेलले हस्ताक्षर गरेका छन् । १० बुँदे माग राख्दै डा. केसी १२ दिनअघि अनसनमा बसेका थिए ।

त्रिवि पदाधिकारीमाथि छानविन हुने

सहमति पत्रमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र नेपाल मेडिकल कलेजका पदाधिकारीमाथि छानविन गर्ने उल्लेख छ ।

चिकित्साशासत्रसम्बन्धी आसयपत्र, सम्बन्धन, विस्ताररित कार्यक्रम, योग्यताक्रमका आधारमा विद्यार्थी भर्ना, सिट थपघट र शुल्क सम्वन्धमा त्रिवि, काठमाडौं विश्वविद्यालय र नेपाल मेडिकल कलेजबाट भए गरेका कामको छानविन गर्न पुनरावेदनका अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा छानविन समिति गठन गर्ने सहमति छ ।

यो पनि पढ्नुस्- ११ बुँदे सहमति तीन करोड नेपालीको नासो हो : डा. केसी (भिडियोसहित)

छानविन समिति सात दिनभित्र गठन गरिनेछ । समितिलाई गरी दुई महिनाभित्र प्रतिवेदन गर्न कार्यादेश दिइनेछ । साथै समितिको प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै अनियमितता छानविन गर्न जयराम गिरी नेतृत्वको समितिले दिएको प्रतिवेदन कारबाहीका लागि अख्तियारमा पठाउने सहमति छ ।

साथै चिकित्साशास्त्र अध्ययन संस्थान टुक्र्याउने गरी सिजेटले गरेको निर्णय कार्यान्वयन नगर्न कुलपतिबाट पत्रचार भइसकेको छ ।

चिकित्सा क्षेत्रका पदाधिकारी विशिष्टता र वस्तुनिष्ट आधारमा नियुक्त गर्ने राजनीतिक प्रतिवद्धता गर्ने र कार्यान्वयन गर्न चार महिनाभित्र कानून बनाउने अर्को सहमति छ ।
सरकार र डा. केसबीच मापदण्ड नपुगेका मेडिकल कलेजलाई पुनः मुल्यांकन गरेर डिअफिलिएट गर्न सकिने प्रष्ट नीतिगत सिफारिस गर्न केदारभक्त माथेमा समितिलाई कार्यादेश थप्ने सहमति भएको छ ।

पाँच विकास क्षेत्रमा सरकारी मेडिकल कलेज

सरकार र डा. केसीबीच पाँच वर्षभित्र पाँचै विकास क्षेत्रमा एक एक सरकारी मेडिकल कलेज हुने नीति लिने सहमति भएको छ । सहमति अनुसार आगामी आर्थिक वर्षमा मध्यपश्चिमाञ्चलमा एक मेडिकल कलेज स्थापना प्रक्रिया अघि बढाइने सम्झौता पत्रमा उल्लेख छ ।

कठमाडौं मेडिकल कलेजबाट दिइएको विस्तारित कार्यक्रमबारे कानुनी प्रक्रिया पुर्‍याएर स्थगन गर्न कारबाही अघि बढाउने र अध्ययनरत विद्यार्थीहरुको उपयुक्त व्यवस्थापन गर्ने सहमतिमा अर्को बुँदा छ ।

यो पनि पढ्नुस्- डा. केसीले जूस पिएर तोडे अनसन (फोटो फिचरसहित)

आगामी शैक्षिक सत्रदेखि सरकार मातहतका हरेक मेडिकल कलेजमा एमडी, एमएस, एमडीएस, बिएन लगायतका पढाइ निःशुल्क गरिने भएको छ । साथै उक्त कोर्ष गर्न दुर्गम जिल्लामा जानुपर्ने उल्लेख छ ।

डाक्टरको आन्दोलन फिर्ता

११ बुँदे सहमतिसँगै डाक्टरहरुको आन्दोलन फिर्ता भएको छ । डा. केसीको समर्थनमा नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरूले बुधबारदेखि देशभरका अस्पतालहरूको ओपीडी सेवा बन्द गरेका थिए ।

हेर्नुहोस् सहमतिका बुँदा-

Agreement-with-Dr.-Gobinda KC 1Agreement-with-Dr.-Gobinda-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?