Comments Add Comment

शम्भुनाथ नगरपालिकाको ताला खुल्यो

१९ चैत, सप्तरी । शम्भुनाथ नगरपालिकाको कार्यालयमा तीन दिनदेखि लागाइएको ताला आज खुलेको छ ।

नगरपालिकाको भवन कहाँ बनाउने भन्ने विषयमा भएको विवादले एक पक्षले मोहनपुरस्थित कठोना बजारको ऐलानी जग्गामा कार्यालय हुनुपर्ने र अर्का पक्षले वडा नं ५ स्थित सुनसान जग्गामा कार्यालय हुनुपर्ने भनी विवाद भएपछि तालाबन्दी गरिएको थियो ।

नगरपालिकाको विवाद सुल्झाउनका लागि कार्यकारी अधिकृत बालकृष्ण ढुङ्गानालाई जिल्ला प्रशासन कार्यालयमा हाजिर गराइने भएपछि नगरपालिकाको ताला खोलिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment