Comments Add Comment

गौरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

१९ चैत, गौर । सेवाकेन्द्र विस्तारको विरोध गर्दै प्रदर्शनमा उत्रिएका गौरवासी र प्रहरीबीच विहीबार झडप भएको छ । झडपमा ६ जना घाइते भएका छन् ।

आक्रोशित प्रदर्शनकारीले एमालेको पार्टी कार्यालयमा समेत तोडफोड गरेका छन् ।

रौतहट सदरमुकाम गौरबाट मालपोत र नापी कार्यालयलाई चन्द्रनिगाहपुरमा पनि बिस्तार गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।

प्रहरीसँगको झडपपछि स्थिति तनावग्रस्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment