Comments Add Comment

रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ९ घाइते

Protestors-At-Rautahatगौतम श्रेष्ठ
१९ चैत, गौर । सेवा केन्द्र विस्तारको विरोधमा रौतहट सदरमुकाम गौरमा स्थानीयले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरी र प्रदर्शनकारीसहित ९ जना घाइते भएका छन् । प्रहरी हस्तक्षेपको विरोधमा स्थानीयले जिल्ला प्रशासन कार्यालय अगाडी गृहमन्त्री बामदेव गौतमको पुत्ला जलाएका छन् ।

सरकारले नापी, मालपोत र भूमिसुधार कार्यालय चन्द्रनिगाहपुरमा पनि सेवा केन्द्र स्थापना गर्ने निर्णयको विरोधमा उद्योग वाणिज्य संघको अगुवाईमा विहीबार दोस्रो दिन पनि गौर बजार बन्द गर्दै प्रदर्शन गरिएको थियो ।

बजार परिक्रमा पछि नेकपा एमाले कार्यालयमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । आन्दोलनकारीले कांग्रेसको कार्यालयमा पनि ढुंगामुढा गरेका छन् ।

Protestors-At-Rautahat-1प्रदर्शनकारीले ढुंगा हान्न थालेपछि लाठीचार्ज गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । लाठीचार्जबाट यादवचन्द्र गुप्ता, धिरज कुमार झा, नन्दकिशोर यादव, सुबोध झा लगायत ७ प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ रामनिवास यादव र विश्वराज शाही घाइते भएको प्रहरी उपरिक्षक सानुबाबु थपलियाले जानकारी दिए ।

घाइतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको डा. मनोश कौशलले बताए ।
जनजीबन प्रभावित

उद्योग वाणिज्य संघको प्रदर्शनलाई राजनीतिक दल र विभिन्न पेशाकर्मीहरुले साथ दिएका थिए । संघियतामा देश जाने तयारी भइ रहँदा सरकारले सेवा केन्द्र विस्तारका नाममा अनावश्यक दुःख दिन खोजेको भन्दै प्रदर्शनकारीहले निर्णय रद्द हुनुपर्ने अडान राखेका छन् ।

अनिश्चितकालीन बन्दका कारण बजारहरु पूर्णरुपमा बन्द भएका छन् भने सरकारी कार्यालयहरुको काम समेत ठप्प छ । गौरबाट चल्ने लामा तथा छोटो दुरीका कुनै पनि सवारी साधन नचलेपछि जनजीवन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment