+
+

साहरुखको फिल्ममा अमिताभदेखि ऐश्वर्यासम्म

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २० गते ८:१०

Shah-Rukh-Khan-New-Film-Fanसाहरुख खान बलिउडका यस्ता कलाकार हुन्, जसको आगामी चलचित्र फ्यानको छायांकन बेलायतको चर्चित म्याडम तुसाद संग्रालयमा गरिएको छ । यो स्थानमा छायांकन भएको ‘फ्यान’ पहिलो बलिउड चलचित्र हो । यो स्थानमा हलिउडका थुप्रै चलचित्रलाई पनि छायांकनको अनुमती दिइएको छैन ।

यो संग्रालयमा बलिउडका चर्चित कलारको मैनको पुतला राखिएको छ । जसमा बलिउड नायक अमिताभ बच्चन, सलमान खान, ऋतिक रोशनको साथमा स्वयंम साहरुख खानको पनि मैनको पुतला छ ।

साथै बलिउडका चर्चित नायिकाहरु माधुरी दिक्षित, कटि्रना कैफ, ऐश्वर्या राय बच्चनको मैनको पुतला छ । यसैले पनि साहरुखको चलचित्रमा बलिउडका यी कलाकारको पुतला पनि देखिने अड्कल काट्न सकिन्छ ।

मनिष शर्माले निर्देशन गरेको यो फिल्ममा साहरुख दोहोरो भूमिकामा छन् । यसमा एक सुपरस्टार साहरुख र एक फ्यान साहरुखलाई देख्न सकिनेछ । साहरुखले म्याडम तुसाद संग्रालयमा चलचित्र छायांकनको अनुमती दिएकोमा धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?