Comments Add Comment

गोली प्रहारबाट सिराहामा एकको मृत्यु

२० चैत, सिराहा । सिरहाको दशगजा क्षेत्रमा एक नेपालीको गोली हानी हत्या भएको छ ।

गोली लागि सिराहाको लगटीगोट ३ बस्ने ५५ वर्षका रामशंकर मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी राम क्रिपालले जानकारी दिए ।

भारतको हरारा जान लागेका चार जनामध्ये मण्डललाई बिहीबार राति ८ बजेको समयमा गोली लागेको थियो । तीन जना साथीहरु केहीसमय अघि हिँडेकाले मण्डल पछाडि रहेको र उनलाई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

साथीहरुले घरमा मण्डल घाइते भएको खबर गरेपछि नजिकै रहेको भारतको अस्पतालमा उपचार गर्न लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि फर्काएर घर ल्याउनेक्रममा मण्डलको मृत्यु भएको हो । मण्डललाई घर ल्याएपछि मात्र उनलाई गोली लागेको भन्ने खबर प्रहरीले थाहा पाएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment