Comments Add Comment

रात्रिबसमा मोटरसाइकल ठोक्किँदा चारको मृत्यु

२१ चैत, सिरहा । सिरहाको लाहानमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एउटै मोटरसाइकलमा चढेका चार युवा छन् ।

काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको चिनारी ट्राभल्सको ना ५ ख ४९७३ नम्बरको बस र स ४ प ९६८९ नम्बरको मोटरसाइकल बलान नदीको पुलमा एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी राम क्रिपाल साहले अनलाइनखबरलाई जानकारी दिए । बलान नदी सप्तरी र सिरहाको सीमामा पर्दछ ।

दुर्घटनामा परी सप्तरी दौलतपुरका १९ वर्षका शत्रुधन महतो, १९ वर्षकै सोभित लामा, १७ वर्षका अविनाश सिंह र २१ वर्षका ओमन सिंहको मृत्यु भएको साहले बताए ।

मोटरसाइकलमा चढेका तीन जनाको घटनास्थलमा र एक जनाको अस्पताल पुर्‍याएपछि निधन भएको हो ।

एसपी साहका अनुसार मृत्यु हुनेहरु गिटी कुट्ने मजदुर हुन् । उनीहरु काम सकेर एउटै मोटरसाइकलमा चढी घर फर्कनेक्रममा दुर्घटनामा परेका थिए ।

शवको पोस्टमाटमका लागि अस्पताल पुर्‍याइएको छ भने दुर्घटनाग्रस्त दुवै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment