Comments Add Comment

युवराज सिंहका बाबुले भने-धोनीले एक दिन रोटी पनि पाउँदैनन् …

Ms-dhoni

२४ चैत, काठमाडौं । क्रिकेटर युवराज सिंहका बाबु योगराज सिंहले भारतीय कप्तान महेन्द्र सिंह धानीलाई घमण्डी मानिसको संज्ञा दिएका छन् ।

मंगलबार इण्डियन पि्रमियर लिग आईपीएल सुरु हुनुअघि युवराजका बाबुले धोनीको आलोचना गरे । एक टीभी च्यानललाई दिएको अन्तर्वार्तामा उनले धोनीलाई एक दिन रोटी पनि नपाउने बताए ।

ट्वीटरमा योगराज सिंहको अभिव्यक्तिको चर्चा मात्र भएन, आलोचना समेत भएको छ ।

योगराज सिंहले आफ्नो छोरा युवराज भारतीय टीममा नपर्नुमा धोनीलाई दोषी देखाएका छन् । धोनीलाई मिडियाले स्टार बनाएको भन्दै उनले भने-‘एक समय थियो, जतिबेला धोनीसँग केही थिइन् । आज मिडियाहरुको अगाडि बसेर उनीहरुलाई नै राम्रो नराम्रो भन्छन् ।’

उनले यदि आफू मिडियामा भएको भए धोनीलाई नै थप्पड हान्ने बताए । उनले भने-‘धोनी घमण्डी छन् । रावणको जसरी घमण्ड टुटेको थियो । त्यस्तै एक दिन धोनीको घमण्ड टुट्छ ।’

धोनी रावणभन्दा पनि बढी भएको र उ जस्तो खराव मान्छे आफूले नदेखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment