Comments Add Comment

कर्मचारी संगठनहरुको खारेजी माग गर्दै सर्वोच्चमा रिट

Sarboccha-Adalat२५ चैत, काठमाडौ । निजामती कर्मचारी संघसंगठनहरुको राजनैतिक दलसँगको आवद्धता खारेज गर्न माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

राजनैतिक दलसँगको आवद्धता खारेज गरी आधिकारीक ट्रेड युनियन गठन गर्न माग गर्दै रिट दायर गरिएको हो ।

अधिवक्ता अर्जुनकुमार अर्यालद्वारा दायर रिटमा कर्मचारीहरु आस्थाको आधारमा विभाजित हुनु गैरकानूनी भएको भन्दै एउटै आधिकारिक ट्रेड युनियन गठन गर्न/गराउन माग गरिएको छ ।

पेशागत हक हित र अधिकारको संरक्षण गर्ने कानुनी सुविधाको चरम दुरुपयोग गरि निजामती कर्मचारीहरुले राजनैतिक दलहरुको आस्थाको आधारमा कर्मचारी संघसंगठनहरु गठन गर्दै आएका कारण निजामती प्रशासन निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै त्यस्ता संगठहरु खारेज गर्न रिटमा माग गरिएको छ ।

कर्मचारी प्रशासनमा पर्दै गएको राजनीतिक प्रभावका कारण निजामती कर्मचारी कुनै दल विशेष निकटको कर्मचारी संघसंगठनको सदस्यता लिन वाध्य भएको तथा योग्य र क्षमतावान कर्मचारीहरु पाखा लागि आम जनताको प्राप्त गर्ने सेवासमेत प्रभावित भएको दावी रिटमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment