Comments Add Comment

हराएको चार लाख भेटिएपछि थाई नागरिकले भने- नेपालीहरु इमान्दार रहेछन्

Dhan-sura

२६ चैत, काठमाडौं । ट्याक्सीमा छुटेको ४ हजार ८२ अमेरिकी डलर (नेपाली चार लाख) फिर्ता गर्ने चालक धनसुधा रणपहेलीलाई चार थाई नागरिकले २ सय अमेरिकी डलर पुरस्कार दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफ्ना हराएको पैसा ट्याक्सी चालकबाट फिर्ता लिँदै भारावुतले इमान्दार चालकको प्रशंसा गरे । उनले भने-नेपालीहरु इमान्दार हुन्छन् भन्ने सुनेका थियौं त्यसको अनुभूत गर्न पायौं ।’

उनीहरु १३ दिनका लागि नेपाल घुम्न आएका थिए । रमक नभेटिउको भए अआफूहरु बेखर्ती हुने अवस्था रहेकेा भन्दै उनले भने-‘चालकको इमान्दारीताले हामी आफैंले गुमाएको पैसा फिर्ता पायौं हामी खुशी छौं ।’

भारुवुत र थानामुन सहित चाओवालीत र थान्यापात बुधबार मलेसिया हुँदै नेपाल आएका थिए । बुधबार अपरान्ह साढे ३ वजे काठमाण्डौं उत्रिका उनीहरुले रणपहेलीले चलाएको ट्याक्सी बा १ ज २८९३ चढेर ठमेल गएको थिए ।

अमेरिकी ६ डलर भाडा तोकेर ठमेल पुगेका उनीहरुले १ डलर चालक रणपहेलीलाई टिप्ससहित ७ डलर दिएर उत्रीएका थिए ।

भाडा दिने क्रममा आफ्ना पैसाको थैलो ट्याक्सीको सिटमा खसेपनि आफुहरुले चाल नपाएको भारावुतले सुनाए । चालक रणपहेली पुन एयरपोर्टमै पुगेर ग्यारेजमा ट्याक्सी थन्क्याउने क्रममा ढोका लक गर्ने क्रममा सिट मुनी रहेको थैलो देखेपछि खोलेर हेर्दा पैसा देखे र पुनः ठमेल पुगे ।

तर, उनीहरुलाई तपाईहरुको पैसा भन्दा उनीहरुले हाम्रो होईन भन्दै लिन नमानेपछि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय कार्यालय आएका थिए ।

चालक पुनः होटलमा फर्किएर आउँदासम्म आफुहरुको पैसा हराएको पत्तो नपाएकोले सुरुमा वेवास्ता गरेको थानामुनले बताइन् । पछि मात्र थाहा पाएर होटलको सहयोगमा प्रहरी समक्ष आएको उनले बताइन् ।

झापा शिवगञ्जका ४९ वषर्ीय रणपहेली २०५२ सालदेखि यातायात मजदुरीमा रहेका छन् ।

यो पनि पढ्नुस्

इमान्दार चालक, जसले ट्याक्सीमा भेटिएको चार लाख प्रहरीलाई बुझाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment