Comments Add Comment

बौद्धिक सम्पत्ति शाखा गठन गर्न उद्योग मन्त्रीको निर्देशन

Mayesh-basnet
मन्त्री बस्नेत, फइल फोटो

२६ चैत काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले उद्योग मन्त्रालय अन्तरगत बौद्धिक सम्पत्ति शाखा गठन प्रक्रिया तत्काल अगाडी बढाउन निर्देशन दिएका छन ।

बिहीबार बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आर्थिक बर्ष ०७१/०७२ को दाश्रो चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री बस्नेतले मन्त्रालयका सम्बन्धित पदाधिकारीलाई उक्त निर्देशन दिएका हुन ।

‘बौद्धिक सम्पत्ति शाखा गठनका लागि ओ एण्ड एम सर्भे तत्काल अघि बढाउनुस्’ बस्नेतले भने ।

उनले कानुनी जटिलताका कारण उद्योग क्षेत्रका राष्ट्रिय महत्वका कामले गति लिन नसकेको उनको भनाई छ ।  ढिला सुस्ती र प्रक्रिया मूखी प्रणालीको अन्त्यका लागि उद्योग मन्त्रालय अनलाइन प्रणालीमा जान लागेको उनले बताए ।

‘कुनै पनि फाइल/कागजको खुट्टा नहुने, महत्वपूर्ण फाइल कयौ समय त्यसै थन्कने हुँदो रहेछ’ बस्नेतले भने ।

भैरहवामा मनसायपत्र सोचे जस्ता परिमाणमा पर्न नसक्नुमा प्रमुख कारण समयमै सेज ऐन नआउनु भएको बताए । त्यस्तै, औषधि लिमिटेड, नेपाल मेटल कम्पनी लगायतका बन्द उद्योग सञ्चालनको तयारीमा मन्त्रालय रहेको उल्लेख गदैँ उद्योगमन्त्रालय अर्थ मन्त्रालयसँग सघन छलफलमा रहेको जानकारी दिए ।

यस्तो छ उद्योग मन्त्रालयको प्रगति

कार्यक्रमा आयोजना शाखाका सहसचिव जीतबहादुर थापाले मन्त्रालयको तर्फबाट प्रस्तुत गरेको कार्यपत्रअनुसार आर्थिक बर्ष ०७१/०७२ को दाश्रो चौमासिक प्रगति समीक्षामा उद्योगमन्त्रालयको भौतिक प्रगति ७२ प्रतिशत, वित्तिय ७० प्रतिशत गरेको छ ।

त्यसैगरी, उद्योग विभाग भौतिक प्रगति ६८ प्रतिशत, वित्तिय ९२ प्रतिशत, खानी तथा भूगर्भ विभाग भौतिक प्रगति ८४ प्रतिशत, वित्तिय ६२ प्रतिशत, घरेलु तथा साना उद्योग विभाग भौतिक प्रगति ६५ प्रतिशत, वित्तीय ३२ प्रतिशत, केन्द्रीय कारागार कारखाना भौतिक प्रगति ७ प्रतिशत, वित्तिय २८ प्रतिशत छ ।

त्यस्तै, नेपाल गुणस्तर तथा नापतौल विभाग भौतिक प्रगति ९४ प्रतिशत, वित्तिय ४९ प्रतिशत, नेपाल गुणस्तर तथा नापतौल कार्यालयहरु भौतिक प्रगति ८४ प्रतिशत, वित्तीय ६५ प्रतिशत, कम्पनी रजिष्ट्रारको कार्यालय भौतिक प्रगति ८० प्रतिशत, वित्तिय ८९ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment