Comments Add Comment

वागमतीमा पसेका नेताले भने-अब राजनीति पनि सफा गरौं

Bagmati safai (6)

२८ चैत, काठमाडौं । वागमती सफाइको सन्देश दिन शनिवार विहानै मानव साङ्लोमा बाँधिएर वागमतीमा पसेमा प्रमुख दलका नेताहरुले यसबाट राजनीतिक फोहोर सफाइ गर्न सन्देश दिएको बताएका छन् ।

राजनीतिक रुपमा फरक धारामा बिभाजित नेताहरु वागमती सफाइका लागि एउटै साङलोमा बाँधिएर वागमतीको फोहोर निकाले ।

वागमती सफाइकोलागि ऐक्यबद्धता जनाउन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वागमती सफाइसँगै फोहोर नगर्ने प्रतिबद्धता पनि आवश्यक रहेको बताए ।

Bagmati safai (13)

उनले वागमतीको सफाइका लागि सबै दल र सिंगो देश एकजुट हुनु राम्रो सन्देश हो भने ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले वागमतीमा फोहोर नगर्ने संस्कार नबसेसम्म बागमती सफाइ नहुने बताएका छन् ।

प्रचण्डले वागमती सफाइसँगै फोहोर नफाल्ने सन्देश पनि जगाउनुपर्ने बताए । ढल नरोकेसम्म बागमती सफा नहुने प्रचण्डको भनाइ छ ।

वागमती सफाइ अभियानले एकताको नयाँ सन्देश ल्याएको भन्दै प्रचण्डले यसले राजनीति फोहोरलाई पनि सफा गर्न राम्रो सन्देश दिएको बताए ।

आजको एकता राजनीतिक गतिरोध अन्त्य गर्नका लागि दिइएको सन्देश भएको भन्दै प्रचण्डले राजनीतिक दलले पनि नयाँ पाठ सिक्नुपर्ने बताए ।

प्रचण्ड तीनकुनेस्थित वागमतीको पुलमुनि पुगेका थिए । प्रचण्डसँगै एमाओवादी नेताहरु डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको सहभागीता थियो ।

त्यस्तै नेकपा-माओवादी प्रवक्ता पम्फा भुसालले पनि वागमतीको सफाइसँगै यसलाई फोहोर नबनाउने संकल्प आवश्यक रहेको बताइन् ।

Prachanda safai

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment