Comments Add Comment

रुपन्देही प्रहरीको घुसकाण्ड छानविन गर्न समिति गठन

सलमान खान

२८ चैत, भैरहवा । रुपन्देहीको पजरकट्टि १ का ‘नाथुले घुस नदिँदा प्रहरीले खोस्यो भैंसी‘ शिर्षकमा अनलाइनखबरमा समाचार प्रकाशित भएपछि त्यसको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ ।

अंचल प्रहरी कार्यालयका घुमुवा प्रहरीहरुले दश हजार रुपैयाँ घुस नपाएपछि नाथु यादवको भैंसी तस्करी गरिएको भन्दै भन्सार पठाएको समाचार अनलाइनखबरमा प्रकाशित भएको थियो ।

रुपन्देही प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले सो घटनाबारे छानविन गर्न प्रहरी निरिक्षक चुडाबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको जानकारी दिए । समितिमा प्रहरी नायब निरिक्षक लक्ष्मण विक र प्रहरी सहायक निरिक्षक खिमबहादुर जिसी सदस्य छन् । समितिलाई ३ दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

‘प्रहरी भित्र नै आन्तरिक शुद्धिकरण एवम् संगठनप्रति ईमान्दारीता नरहे अपराध नियन्त्रण गर्न कठिनाई हुन्छ,’ एसपी ढकालले भने, ‘प्रहरीले गल्ती गरेको हो भने ऊ सजायको भागीदार हुनै पर्ने भएकोले छानविनको लागि समिति गठन गरेका हौं ।’

यता धकधई गाविस कार्यालयले भैंसी र पाडा तस्करी गरिएको नभइ नाथु यादवको निजी हो भन्दै सहयोगको पहल थालेको छ । धकधई गाविस सचिव खगराज उपाध्यायले स्थलगत सर्जमिन गरी स्थानीय जनताले उक्त भैसी र पाडा नाथु यादवले घरमा पालेकै हो र बजार बेच्न लैजाँदा प्रहरीले नियन्त्रणमा लिएको भन्दै चलानी नम्बर ९१४ बाट भन्सारको नाममा पत्र पठाइएको जानकारी दिए ।

पजरकट्टि १ का नाथु यादव र पजरकट्टी ७ का उसमान गोनी फकिरले भैसी र पाडा गाडीमा लोड गर्दै गरेको अवस्थामा अञ्चल प्रहरी कार्यालयका घुमुवाहरु करिमुल्लाह धोबी, धर्मराज यादव र लिला बरालले १० हजार रुपैयाँ घुस नपाएपछि एक भैसी र २ पाडाहरु तस्करीको भन्दै भन्सार चलान गरेको किसानहरुले बताएका छन् ।

आफ्नै आफन्तको लु १ च ५६०५ नम्बरको गाडीमा रुपन्देहीको धकधई-६ चैनपुरुवा बजार क्षेत्रमा लोड गरिरहको अवस्थामा घुमुवा प्रहरीले भैसी र पाडा नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धकधईमा बुझाएका थिए । ईलाका प्रहरी कार्यालय धकधईले पनि सोही दिन उक्त गाडीसहित भैसी र पाडा भन्सार चलान गरिसकेको छ ।

हेर्नुहोस् धकधई गाविस कार्यालयले भैरहवा भन्सारलाई पठाएको पत्र

Dhakdhai-VDC-Rupandehi-Buffalo-Ghuskand

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment