Comments Add Comment

‘सहमतिका लागि कांग्रेसको निर्णायक प्रयास’

२८ चैत, उदयपुर । सहरी विकास मन्त्री डा. नारायण खड्काले एमाओवादीसहितका विपक्षी दललाई वार्ताको माध्यमबाट सहमतिमा ल्याएर सहमतिको संविधान बनाउन निर्णायक प्रयास भैरहेको बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

नेपाल प्रेस युनियन उदयपुर शाखाले शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले सहमतिका निम्ति निर्णायक प्रयास थालेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्त्री खड्काले भने, ‘विपक्षीसँग प्रधानमन्त्रीले गहन छलफल जारी राख्नुभएकाले एकदुई दिनभित्रै निष्कर्ष निस्केर सहमतिबाटैै संविधान बन्नेछ ।’

पूर्वका दुई र सुदूरपश्चिमका तीन जिल्लालाई तराई प्रदेशमा राख्ने वा पहाडमा समावेश गर्ने भन्नेमा दलहरूबीच विवाद हुँदा वार्ता सफल हुन नसकेको उनले जानकारी गराए ।

अर्को एक प्रसंगमा उनले आगामी भदौमा हुने नेपाली काँग्रेसको महाधिवेशनमा पार्टी सभापतिमा वर्तमान सभापति कोइरालाले नै निरन्तरता पाउनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment