Comments Add Comment

नयाँ वर्ष संविधान प्राप्तिको वर्ष : सचिव ज्ञवाली

२८ चैत, भक्तपुर । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले नयाँ वर्ष २०७२ साल नयाँ संविधान प्राप्तिको वर्ष हुने बताएका छन् ।

Pradip Gwalaiनेकपा एमाले महामञ्जुश्री नगरकोट नगर कमिटी भक्तपुरले शनिबार आयोजना गरेको नयाँ वर्षको चियापान कार्यक्रममा उनले नयाँ वर्षको आगमनसँगै संविधान निर्माण हुने बताए ।

नेपाली काँग्रेस र एमाले सहमतिबाटै जान खोजेको बताउँदै उनले सत्तापक्षले दुईतिहाईको दम्भ देखाएको भए संविधानसभाको बैठक बस्ने बित्तिकै प्रक्रियाबाट अगाडि जान सक्ने धारणा राखे ।

नगर कमिटीका अध्यक्ष विष्णु तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, सभासद् केदार सञ्जेल, जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायतले छिटो संविधान जारी गरेर मुलुकलाई गति दिनुपर्ने बताएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment