+
+

बलिउड स्टार : जसको धन्दा अर्कै छ

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २९ गते १५:०२

बलिउडमा नाम र दामका लागि कुनै दुःख छैन् । प्रतिभा हुनेहरुले अबसर पाउन र जीवनमै नसोचेको पैसा कमाउने सक्छन् । फिल्म क्षेत्रमा लाग्नेहरुका लागि बलिउड आफैमा यस्तो अचम्मको ठाउँ हो जहाँ कोही रातारात सडकबाट उठेर स्टार बनिदिन्छ त कोही रातरात सडकमा झर्छ।

बलिउडमा धेरै स्टारले यस्तो नियति भोगका छन् जहाँ कुनै एउटा फिल्म सुपरहिट हुन्छ तर बाँकी कुनै पनि फिल्मले गरिखान सक्दैन् ।
शायद त्यहि भएर पनि होला धेरै कलाकारले अभिनयको अतिरिक्त अरु धेरै धन्दामा लगानी गरिरहेका हुन्छन्, त्यहींबाट जीवन चलाउँछन् । बीबीसी हिन्दीले अभिनयका अतिरिक्त अरु धन्दामा पनि लगानी गर्ने केही बलिउड स्टार फेहरिस्त तयार गरेको छ ।
srk-killer
शाहरुख खान
शाहरुख खान बलिउडका सबैभन्दा धनी अभिनेताका रुपमा चिनिन्छन् । उनले आफ्नै प्रोडक्सन हाउस खोलेका छन्- ‘रेड चिल्ली ईन्टरटेनमेन्ट’ । उनका प्रायः फिल्म यही ब्यानरवाट बन्छन् ।
उनी क्रिकेट क्लव ‘कोलकाता नाईट राईडर्स’का मालिक पनि हुन् । त्यसको अतिरिक्त इम्याजिनेशन एडुन्मेन्ट प्रालि मा पनि उनले लगानी गरेका छन् ।
Salman Khan
सलमान खान
सलमान खानको मुम्बई लगायत भारतको अन्य स्थानमा थुप्रै पर्पर्टी रहेको छ । उनको पनवेल फार्म हाउस चर्चित मानिन्छ ।
उनको कमाईको अधिकांश हिस्सा आफ्नै संस्था ‘बीईङ ह्युमन’ मा जम्मा हुन्छ । हालै उनले आफ्नै प्रोडक्सन हाउस पनि खोलेका छन् । ‘सलमान खान प्रोडक्सन’ सुरु गरेका सलमानले यहि ब्यानरवाट आगामी दिनमा फिल्म बनाउने भएका छन् ।
john-abraham
जोन अब्राहम
जोन अब्राहमले पनि आफुले लिएको अर्थशास्त्रको डिग्रीको प्रयोग गर्न सुरु गरेका छन् । जोनले विक्की डोनरको सहयात्रामा प्रोडक्सन हाउस पनि सुरु गरेका छन् । उनी हक्की लीग हक्कि टिमका मालिक पनि हुन् ।
Akshya-Kumar
अक्षय कुमार
अक्षय कुमारको दुई फिल्म प्रोडक्सन हाउस छन् । ‘गेजिङ गोट पिक्चर लिमिटेड’ र ‘हरी ओम ईन्टरटेनमेन्ट’ । हालै मात्र राज कुन्द्रा र शिल्पा शेट्ठीसँग मिलेर टिभी सपिङ च्यानल पनि सुरु गरेका छन् ।
Shilpa
शिल्पा शेट्ठी
शिल्पा शेट्ठीले जब ब्यबसायी राज कुन्द्रासंग बिबाह गरिन्, त्यसपछि फिल्ममा कम र आफ्नो श्रीमानको साथमा बढी देखिन थालिन् । त्यसो त उनले नयाँ-नयाँ ब्यापार पनि सुरु गरेकी छिन् ।
उनी आईपीएल टीम राजस्थान रोयल्सकी मालिक पनि हुन् । गोल्ड ज्वेलरी बिजनेश, फिल्म प्रोडक्सन हाउस, एशोशिएल स्पोर्टस एण्ड मिडिया लगायतमा उनी आबद्ध छिन् ।
Ajay-devgan

अजय देबगण
अजय देबगणले प्रोडक्सन हाउसको साथै गुजरातको एक सोलार प्लान्टमा पनि लगानी गरेका छन् । उनको भनाई अनुसार भारतमा सँधै उर्जाको जरुरी हुन्छ । त्यसकारण नविकरणीय उर्जाको प्रर्बद्धन गर्नु जरुरी छ ।
sonaxi-sinha
सोनाक्षी सिन्हा
सोनाक्षी सिन्हा बलिउडमा प्रवेश गरेको धेरै भएको छैन । अभिनयको अतिरिक्त उनले शिल्पा शेट्टी र अक्षय कुमारसँगको सहकार्यमा टीभी सपिङ च्यानल सुरु गरेकी छिन् ।sunil

सुनिल शेट्ठी
मुम्बईका केही क्लब र रेष्टुरेन्टका मालिक हुन् शुनिल शेट्ठी । उनले क्लोथिन र होम डेकोरेशनको ब्यबसाय पनि सुरु गरेका छन् ।

यसका अतिरिक्त आमिर खान, अरबाज खान, अनुष्का शर्मा, अमीषा पटेलले पोडक्सन हाउस सुरु गरेका छन् । ऋतिक रोशन, आलिया भट्ट, बिपाशा बसु, सोनम कपुर, दीपिका पादुकोण क्लोथिङको ब्यापारमा संलग्न छन् ।

प्रसिद्ध टे्रड एक्सपर्ट आमोद मेहराका अनुसार अभिनेता, ब्राण्ड या कम्पनिको नाममा जब पैसा आउन थाल्छ, सेलीबे्रटीहरु यसलाई बढाउन चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?