Comments Add Comment

बाग्लुङ १ को उपचुनावमा एमाओवादीसहित ११ उम्मेदवारको जमानत जफत

२९ चैत, काठमाडौं । बाग्लुङ १ मा भएको उपचुनावमा एमाओवादीसहित ११ उम्मदेवारको जमानत जफत भएको छ ।

उपचुनावमा कांग्रेस उम्मेदवार चम्पादेवी खड्का विजयी भएकी छन् । उनी तत्कालिन सभासद हरिबहादुर खड्काकी पत्नी हुन् । खड्काको दुर्घटनामा निधन भएपछि उपचुनाव भएको थियो ।

खड्काले १९ हजार १४५ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी मनकुमारी केसीले १५ हजार ८६ मत पाएकी छिन् ।

तेस्रो स्थानमा रहेका एमाओवादी उम्मेदवार कृष्ण केसीको भने जमानत जफत भएको छ । जमानत बचाउन ३८ सय मत ल्याउनु पर्ने थियो । तर, केसीले २ हजार ५०५ मत मात्र पाएका छन् ।

अघिल्लो संविधानसभामा एमाओवादीले ६ हजार मत पाएको थियो । चौथो स्थानमा राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकी र पाँचौंमा मालेका कुलबहादुर किसान रहे ।

राप्रपा र राप्रापा नेपालका संयुक्त उम्मेदवार नविनचन्द्र सरवुजा छैटौं स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment