+
+

एक्सनले थाकिन् सोनाक्षी

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते ९:१६

sonaxchi-axanमुम्बई । पहिलो फिल्म ‘दबंग’ बाटै वाहवाही पाएकी सोनाक्षी सिन्हाको करिअरमा निकै उतार चढाब आयो ।

रातारात हिट भएकी सोनाक्षीले दुई वर्ष लगातार केरा अवार्ड (खराब फिल्ममा काम गरेवापत पाईने अवार्ड) पाएपछि उनको आलोचना गर्नेहरुले राम्रै मसला पाए ।

त्यहि भएर पनि हुनसक्छ अहिले सोनाक्षी मेहनतपूर्वक छानेर मात्रै फिल्ममा काम गर्दैछिन् । पछिल्लो फिल्म ‘अकीरा’ मा एक्सनको सिन गर्दा खुब थकाइ लागेको सोनाक्षीले बताइन् ।

२७ वषर्ीय यी हिरोईनले ट्वीट गर्दै अकीराको लागि पहिलो एक्सन सिक्वेल सकिएको जानकारी दिएकी छिन् । थकान जति बढेपनि फिल्मले पुरै उत्साह थपेको उनले बताइन् । सोनाक्षीले यो फिल्ममा काम गर्नुअघि प्रशिक्षण समेत लिएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?