+
+

काजोल र म भएपछि फेरि जादु चल्छ : शाहरुख

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते १२:११

srk-and-kajol
बलिउडमा सबैभन्दा सुन्दर जोडीको रुपमा चिनिन्छन् शाहरुख खान र काजोल । शाहरुख र काजोलले अभिनय गरेको केही फिल्मले बक्स अफिसमा धुम मच्चाएको छ । हिन्दी फिल्म ‘दिलवालेे दुल्हनीया ले जाएगें’ ले प्रदर्शनको हजार हप्ता पार गर्‍यो ।

यही जोडीको अभिनय रहेको नयाँ फिल्म ‘दिलवाले’ अहिले चर्चाको विषय बनेको छ । रोहित शेट्ठीको निर्देशन रहेको योे फिल्मले दर्शकलाई फेरी एकपटक अतुलनीय मनोरञ्जन दिने अभिनेता खान बताउँछन् ।

‘काजोल र म भएपछि फेरी एकपटक अभिनयको जादु चल्छ ।’ अभिनेता खानले भने । त्यसो त काजोलले आफुलाई अभिनयमा साथ दिएकोमा  धन्यवाद समेत दिए साहरूखले ।

शाहरुख र काजोलले यसअघि बाजीगर, करन अर्जुन, कुछ कुछ होता है, कभी खुसी कभी गम, माइ नेम इज खान  लगायतका फिल्ममा काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?