+
+

साहरुखदेखि आमिरसम्म, बलिउड कलाकारको आकर्षण बनेको बर्ष २०७१

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ३० गते १४:४८

नेपाली चलचित्रका लागि यो बर्ष सुखद बन्न सकेन । बर्षमा प्रदर्शनमा आएका धेरैजसो चलचित्रका निर्माता लगानी उठाउन नसक्दा कोही पलायन भए त कोहीको घरबार नै सकियो । तर, पनि चलचित्रमा लगानी गर्नेहरुको संख्या भने घटेन । विभिन्न कारणले यो बर्ष चर्चामा रह्यो ।

यो बर्ष नेपाली चलचित्रका कलाकारले चर्चामा आउने विभिन्न काम गरे । तर, यो बर्षको चर्चित बिषय बलिउड कलाकारको आगमन पनि बन्यो । यो बर्ष नेपालमा बलिउडका अधिकांश सुपरस्टार आए । जसले गर्दा बर्षभरि नै यसले नेपाली मिडियामा चर्चा पाइरह्यो ।
Sharukh khan at kathmandu (7)
१. साहरुख खान : यो बर्षको अन्तिमतिर बलिउडका वादशाह साहरुख खान नेपाल आइपुगे । करिब ७ घन्टाको बसाइमा साहरुखले थुप्रै काम गर्न भ्याए । हायात होटलमा पत्रकारसँग अन्तरक्रियादेखि याक एन्ड यतीमा आफ्ना चर्चित गीतमा नृत्य गर्न समेत भ्याए, साहरुखले ।
Sharukh khan at kathmandu (5)
साहरुख खान नेपाल आउँदा यसले ठूलै तरंग ल्याइदियो । त्रिभुवन विमानस्थलमा साहरुखलाई हेर्नका लागि जम्मा भएको भिडले नेपालमा बलिउड कलाकारको स्टारडम झल्कायो । साहरुख एक पेन्ट्सको प्रवर्द्धनका लागि नेपाल आएका थिए ।
aamir-khan
२. आमिर खान : बलिउडका अर्का ठूला कलाकार आमिर खान पनि यसै बर्ष नेपाल आइपुगे । एक एनजीओको सद्भावना दुत भएकाले पनि आमिर नेपाल आएका थिए । उनले कपिलवस्तुका बालबालिकासँग अन्र्तक्रिया गरे । काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको कार्यक्रममा आमिरले बालबालिकालाई स्तनपान गराउन सल्लाहा दिए । आमिर खानको नेपाल भ्रमण पनि यो बर्ष सर्वाधिक चर्चामा रह्यो ।
akshya-kumar-in-nepal
३. अक्षय कुमार : चलचित्र ‘बेबी’को छायांकनका लागि नेपाल आएका बलिउड नायक अक्षय कुमार पनि खुबै चर्चामा रहे । भक्तपुर दरबार स्क्वायरदेखि ठमेलसम्म चलचित्रको छायांकन गर्ने क्रममा उनलाई पछ्याउने नेपाली फ्यानको संख्या खुबै देखियो ।

अक्षयले पनि ट्विटरमा दैनिकजसो नेपालीलाई धन्यवाद दिइराखे । अक्षय कुमारलाई हेर्नका लागि एक यूवती हायात होटलमा प्रवेश गरेको घटनाले पनि खुबै चर्चा पायो । अक्षय कुमार नेपाल आएर चलचित्र छायांकन गर्दा यसले नेपाल चलचित्र छायांकनका लागि विश्वमै चर्चित स्थानको रुपमा रहेको प्रष्ट भयो ।
susmita sen (6)
४. सुस्मिता सेन : बलिउड चर्चित अभिनेत्री सुस्मिता सेन यसै बर्ष नेपाल आइन् । एक फेसन शोमा सहभागी हुन आएकी सुस्मिताको चर्चा पनि खुबै भयो । सुस्मिता नेपाली गरगहना लगाएर र्‍याम्पमा हिड्दा उनका फ्यान खुशी देखिए ।
rabina tandan_nepal2
५. रविना टण्डन : बलिउडकी अर्की चर्चित अभिनेत्री रविना टण्डन पनि यसै बर्ष नेपाल आइन् । उनी पनि एक ज्वेलरीले आयोजना गरेको फेशन शोमा ‘सो स्टपर्स’ बन्दै स्टेजमा देखिइन् ।
kapil sharmaa  at nepal (14)
६. कपिल शर्मा : बलिउड नायक तथा चर्चित कमेडियन कपिल शर्मा पनि यसै बर्ष नेपाल आए । ‘एनसेल’ले आयोजना गरेको एक कमेडी शोमा सहभागी हुन उनी नेपाल आएका थिए । तर, प्रशासनले सुरक्षा दिन नसक्ने भनेपछि कपिलको कार्यक्रम अन्तिम समयमा स्थगित भयो । तर, पनि कपिल नेपाल आए र मिडियासँग अन्र्तक्रिया गरे ।140323_092601sunny in kathmandu (10)

७. सन्नी लियोनी : यो बर्षको सुरुवातमा नेपाल आउने बलिउड नायिका हुन् सन्नी लियोनी । सन्नी सोल्टी होटलमा आयोजना भएको एक कार्यक्रममा सहभागी हुन पतिसँग नेपाल आएकी थिइन् । उनी अंग्रेजी नयाँ बर्षमा आयोजना भएको एक कार्यक्रममा सहभागी हुन दोश्रो पटक यसै बर्ष नेपाल आइन् । सन्नी पहिलो पटक नेपाल आउँदा जती चर्चा भएको थियो दोश्रो पटक भएन ।zarin khan

८. जरिन खान : अभिनेत्री जरिन खान पनि यसै बर्ष नेपाल आइन् । जरिन सोल्टी होटलमा आयोजना भएको फेशन शोमा सहभागी हुन नेपाल आएकी हुन् । उनले नेपाल आउँदा आफूलाई काठमाण्डौ र पोखरा घुम्न मन लागेको बताइन् ।

यी बाहेक अन्य केही बलिउड कलाकार यसै बर्ष नेपाल आए । कलाकार जितेन्द्रदेखि अर्सद वर्षी पनि यसै बर्ष नेपाल आएका थिए । नायिका नेहा धुपिया पनि यसै बर्ष नेपाल आइन् ।

यस्तै, एक रियालिटी शोको छायांकनका लागि नायिका इशा देवल पनि नेपाल यसै बर्ष आइन् । तामिल चलचित्रका सुपरस्टार विक्रम पनि यसै बर्ष चलचित्र छायांकनका लागि नेपाल आइपुगे ।

यो बर्ष बलिउड कलाकारका लागि नेपाल विशेष आकर्षणमा रहन पुग्यो । अर्को बर्ष पनि बलिउडका चर्चित कलाकार नेपाल आउने संभावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?