+
+

नयाँ वर्षमा संविधान बनोस, शान्ति स्थिरता र समृद्धि सुरु होस् : राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १ गते ८:५८

१ वैशाख, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नयाँ वर्षमा नयाँ संविधान बनेर देशमा शान्ति, स्थायित्व, स्थिरता र समृद्धि छाउने विश्वास व्यक्त गरेका छन् ।

Rambaran-yadav-Presedent-ofनयाँ वर्ष २०७२ सालका उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै राष्ट्रपति यादवले दलहरुलाई लाभहानिभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा काम गर्न सुझाव दिए ।

राष्ट्रपतिले शुभकामना सन्देशमा मुलुकमा लोकतान्त्रिक संस्कार र पद्धतिको संस्थागत जग बसाउनका निम्ति पनि संविधानसभाबाट अविलम्ब संविधान जारी हुनु पर्ने उल्लेख गरेका छन् । प्राकृतिक साधनस्रोतको अभाव नेपाललाई नभएको भन्दै यादवले प्रचुर मात्रामा उपलब्ध त्यस्ता साधनस्रोतको प्रभावकारी र न्यायपूर्ण परिचालन गरी हरेक नेपाललाई समृद्ध तुल्याउन सकिने भएकाले त्यसका निम्ति राजनीतिक, आर्थिक, सामाजिक र भौगोलिक हिसाबले समेत एकताबद्ध भएर अघि बढ्नु जरुरी रहेको बताएका छन् ।

नववर्षसँगै देशमा नयाँ लोकतान्त्रिक संविधान जारी भई राजनीतिक स्थिरता, आर्थिक विकास र सामाजिक सद्भाव कायम हुन सकोस् भन्दै उहाँले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्न प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

लोकतान्त्रिक संविधानबाट लोकतान्त्रिक परिपाटी : उपराष्ट्रपति

यसैबीच उपराष्ट्रपति परमानन्द झाले नव वर्ष २०७२ का उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै जनचाहना बमोजिम लोकतान्त्रिक संविधानको निर्माणबाट नै नेपालीमा जनप्रतिनिधिमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुन सक्छ भन्नेमा कुनै द्विविधा नभएको बताए ।

नेपाली जनताले अनवरत रुपमा गर्दै आएको बलिदानपूर्ण संघर्ष र जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संस्थागतरुपमा सुदृढ गर्नु नै आजको टड्कारो आवश्यकता भएको सन्देशमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?