Comments Add Comment

आइएमईले सुरू गर्‍यो युएम बाइक बिक्री, छिट्टै १७ मोडल भित्राउँदै

UM Bike IME (12)

२ वैशाख, काठमाडौं । अमेरिकी ब्रान्ड युएमले केही महिनाभित्र १७ मोडलका बाइक तथा स्कुटर नेपाली बजारमा भित्राउने भएको छ । अहिले युएमका ४ मोडल नेपाली बजारमा उपलब्ध छन् ।

चर्चित व्यवसायीक समूह आइएमई ग्रुप युएमको आधिकारिक बितरक बनेपछि आक्रमक बजार विस्तारमा लागेको हो । आइएमई अटोमोटिभ्सलाई हालैमात्र युएम ग्लोबलले नेपालको लागि आधिकारिक वितरक नियुक्त गरेको हो ।

नेपाली उपभाेक्तालार्इ उत्कृष्ट बाइकहरू उपलब्ध गराउने उद्देश्यसहित अमेरिकी ब्रान्डको युएम बाइक बिक्री वितरण सुरू गरेको अाइएमर्इ ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताए  । नेपालका सबै खालका ग्राहकहलाई लक्षित गर्दै युएम बाइक तथा स्कुटरहरू बजारमा भित्राउन लागेको उनको भनार्इ छ ।

कम्पनीले गैरीधारामा रहेको शो-रुमबाट युएम बाइक बिक्री वितरण सुरु गरेको छ । दुई महिनाभित्र नाचघर जमल र टेकुमा शो-रुम विस्तार गर्ने ल्याउन लागेको आइएमई अटोमेटिभ्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कपिल सिवाकोटीले बताए ।

‘कम्पनीले दशैंसम्म राजधानीमा १२/१३ वटा र राजधानी बाहिर मुख्य शहरमा गरी ३९ डिलरमार्फत युएम बाइक बिक्री गर्दैछौं’ सिइओ सिवाकोटीले भने- ‘सन् २०१५ भित्र देशभर ७६ डिलर विस्तार गरी युएम बाइक देशभरी पुट्टयाउने लक्ष्य राखेका छौं ।’

भारतमा उत्पादन सुरू हुँदै

युएमले छिट्टै भारतको उत्तराखण्डस्थित काशीपुरमा विश्वस्तरीय कारखाना सञ्चालनमा ल्याउँदैछ । भारत, नेपाल तथा दक्षिण पूर्वी एशियाको बजारमा यही कारखानाले बाइकहरु उपलब्ध गराउने छ ।

UM Bike IME (5)

युएम बाइक अमेरिकाको प्रख्यात ब्रान्ड भएको हुँदा नेपाली उपभोक्ताले मन पराउने आइएमईका अध्यक्ष ढकालले विश्वास व्यक्त गरे । ‘बजारमा उपलब्ध हुने १७ किसिमका मोडलले नेपाली मोटरसाइकल पारखीलाई सन्तुष्ट बनाउनेछ’ उनको भनाई थियो ।

कम्पनीले १२५ सीसीदेखि २३० सीसीसम्मका बाइक तथा स्कुटर नेपालमा बिक्री वितरण गर्नेछ । जसको मूल्य एक लाख ७२ हजारदेखि सुरु भई ३ लाख ८५ हजार ९ सय ९९ रुपैयाँसम्म पर्नेछ ।

नेपालमा युएमका स्कुटर, क्रुजर, क्याफे क्रुजर, डर्टस् एन्ड मोटार्डस्, कम्युटर र स्ट्रिट सिरिजका बाइकहरु उपलब्ध हुनेछन् । कम्पनीको अहिले बजारमा उपलब्ध सबैभन्दा उत्कृष्ट बाइक रेनगेट कमान्डो हो । २२० सीसीको यस बाइकको मूल्य ३ लाख २५ हजार रुपैयाँ रहेको छ ।

आइएमई अटोमोटिभ्सले डट सिरिजको डीएसआर टु बाइक आगामी महिना नेपालमा सर्वजनिक गर्दै छ । यो बाइक २०० र ३०० सीसीमा उपलब्ध हुनेछ ।

स्कुटर पनि आउँदै

कम्पनीले जुन र जुलाईमा तीन मोडलका स्कुटरहरु सार्वजनिक गर्न लागेको सिइओ सिवाकोटीले जानकारी दिए । स्कुटरमा स्मार्ट हेलमेट उपलब्ध गराइने छ । जसबाट मोबाइल झोलाबाट नझिकी डिस्प्लेमा हेरेर उठाउन सकिनेछ ।

युएम इन्टरनेशनल एलएलसी युएसएका बिजनेश डेभलपमेन्ट डाइरेक्टर हुवान भिल्लेगासले नेपाल युएम बाइकका लागि पोटेन्सियल मार्केट भएको बताए ।

‘आइएमई र युएमबीच भएको साझेदारीले रेनेगेट कमाण्डो लगायतका विश्वस्तरीय बाइकमा सवार गर्ने नेपालीहरुको चाहान पुरा हुनेछ’ भिल्लेगासले भने- ‘नेपालमा युएम बाइकले राम्रो बजार पाउनेमा हामी विश्वस्त छौं ।’

UM Bike IME (8)

भारतमा रहेको सुविधासम्पन्न कारखाना र निर्यात केन्द्रको सुरुवातसँगै नेपाली बजारमा युएम बाइकको उपस्थिती बलियो बन्ने डाइरेक्टर भिल्लेगासले विश्वास व्यक्त गरे । उनले आइएमई ग्रुपको संस्थागत संरचनाबाट आफुहरु सन्तुष्ट भएको बताएका छन् ।

यी हुन् प्रतिस्पर्धी 

कम्पनीका अुनसार युएमको १२५ सीसी बाइकले होन्डा साइनसँग प्रतिस्पर्धा गर्ने बताइएको छ भने १५० सीसी बाइकले युनिकर्न र बजाज बाइकसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी २०० देखि ३०० सीसीसम्मका बाइकले पल्सर लगायत महंगा बाइकसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले १२५ र १५० सीसीको इकोनोमिक बाइक नाइट्रोक्स मोडल दशैंको मुखमा सार्वजननिक गर्ने भएको छ । यो मोडलको बिक्री छिट्टै सुरु गरेपनि मिडिया लञ्च दशैंमा गरेर बजार तताउने योजनामा कम्पनी रहेको छ ।

‘हामी सबैभन्दा पहिला सर्भिस र स्पेयर्स पार्टस्को सुविधामा केन्द्रित हुन्छौं’ कम्पनीका सिइओ सिवाकोटीले भने- ‘सर्भिस र स्पेयर्सको सुविधा चुस्त भएपछि आकर्षक मोडल भित्राउने हाम्रो योजना छ ।’

कम्पनीले यस वर्ष ३ देखि ४ हजार बाइक तथा स्कुटर बिक्री गर्ने लक्ष्य राखेको छ । नेपालमा वाषिर्क पौने दुई लाखको हाराहारीमा बाइक तथा स्कुटरहरु बिक्री हुँदै आएका छन् । UM Bike IME (7)UM Bike IME (3)  UM Bike IME (10)  UM Bike IME (13)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment