Comments Add Comment

महासंघको महानिर्देशकमा खतिवडा

Dharanidhar-Khatiwoda

२ वैशाख, काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियूक्त भएका छन् । उनले बुधबार महानिर्देशकको पदवहाली गरेका छन् ।

यसअघि खतिवडा महासंघको वरिष्ठ परामर्शदाताको रुपमा कार्यरत थिए । उनीसँग नेपाल सरकारको विभिन्न निकायमा नेतृत्वदायी पदमा रहेर काम गरेको अनुभव छ । उनी सचिव पदबाट सेवा निवृत्त भएका हुन् ।

नवनियुक्त महानिर्देशक खतिवडाले महासंघको छवीलाई अन्तर्राष्ट्रिय रुपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य प्राप्तिका लागि सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

Dharanidhar-Khatiwoda-2

‘महासंघप्रति यसका सदस्य संघ/संस्थाहरुको धेरै अपेक्षा रहेको र ती अपेक्षाहरुलाई पुरा गर्नेतर्फ सधै सचेत र सक्रिय रहनुपर्छ’ उनले भने- ‘सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुद बनाउने काममा आफ्नो अनुभव भरपुर उपयोग गर्नेछु ।’

उनले आफ्नो कार्यकालमा महासंघलाई निजी क्षेत्रको एक सशक्त संस्थाको रुपमा अगाडि बढाउन आफ्नो योजनामा सबैबाट सहयोग पाउने विश्वाससमेत व्यक्त गरे ।

पदवहाली कार्यक्रममा महासंघका निर्देशक, उपनिर्देशक, सहायक निर्देशक, महासंघ अन्तर्गत सञ्चालित विभिन्न परियोजनाका प्रमुख र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment