Comments Add Comment

कोरिया भाषा परीक्षाका लागि आजबाट आवेदन खुल्यो

३ बैशाख, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षाको आवेदन बिहीबारबाट सुरु भएको छ । परीक्षा फारम बैशाख ६ गते आइतबार साँझ पाँच बजेसम्म भरिनेछ ।

eps (17)

भाषा परीक्षाको फारम काठमाडौं उपत्यकाभित्र पाँच स्थान र काठमाडौं उपत्यकाबाहिरका पाँच स्थानमा भरिँदैछ । उपत्यकामा नेपाल वेद विद्याश्रम संस्कृतमावि वनकाली, गौशाला, काठमाडौं भ्याली उच्चमावि महाराजगन्ज, ल्याबरोटरी उच्चमावि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोवाटो तथा च्यासल फुटबल खेल मैदान बालकुमारीमा फारम भरिने छ ।

त्यस्तै उपत्यका बाहिर धरान, जनकपुर, बुटबल, पोखरा र डडेलधुरामा पनि परीक्षा फारम वितरण गरिनेछ । धरानमा धरान नगरपालिका वडा नम्बर ८ स्थित धरान सभागृहमा, जनकपुरको जनपुर चुरोट कारखाना लिमिटेडको कभर्ड हलमा, बुटवलको नेपाल प्रहरी तालिम केन्द्रको पूर्वतर्फ रहेको प्रदर्शनी मण्डपमा, पोखराको वडा नम्बर १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी उच्च माविमा तथा डडेल्धुराको अमरगढी नगरपालिका स्थित कर्मचारी मिलन केन्द्रमा फारम वितरण तथा दर्ता गरिने छ ।

eps (1)

फारम बिहान ८ बजेदेखि वितरण गरिएपनि फारम लिने युवाहरुको लाइन बिहानैदेखि लागेको छ ।

कोरियन भाषा परीक्षाका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।

आवेदन दिने व्यक्ति कुनै फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको, कोरियामा गएर गैर कानुनी रुपमा बसोबास गरी कोरियन सरकारले समातेर फिर्ता नपठाएको तथा नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको व्यक्ति हुनुपर्ने छ ।

eps (3)

परीक्षा आगामी जेठमा

कोरियन भाषा परीक्षा आगामी जेठ ३० शनिबार र ३१ आइतबार गते सञ्चालन हुनेछ । एक दिनमा दुई सिफ्ट गरी परीक्षा सञ्चालन गरिनेछ । भाषा परीक्षाको नतिजा भने आगामी श्रावण १६ गते प्रकाशन गरिने इपीएस कोरियाको शाखा कार्यालय ग्वार्को ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment