+
+

जाजरकोटका चार सय ३२ विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३ गते १०:२६

३ बैशाख, जाजरकोट । जाजरकोटमा मौसमी सिजिनल फ्लु र स्वाइन फ्लुका बिरामी दैनिक बढेपछि सबै विद्यालय बिहीबारदेखि बन्द गरिएको छ ।

जिल्लाका दुर्इ सय ७६ प्रावि, निमावि ९२ र ६४ वटा मावि विद्यालयको पठनपाठन बन्द गरिएको हो । जिल्ला दैवीप्रकोप उद्धार समितिले गरेको निर्णयअनुसार १५ दिनका लागि विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।

विद्यालयमा धेरै मानिस जम्मा हुने भएकाले त्यहाँबाट छिटो सङ्क्रमण बढ्ने भन्दै विद्यालय बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिए ।

जाजरकोटका अछानी गाविसको एक विद्यालयबाट यो रोग फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालय दिएको जानकारीअनुसार नेपाली सेनाको चिकित्सकसहितको टोलीले आज बिहानैदेखि रोग प्रभावित टालेगाउँ गाविसमा उपचार सुरु गरेको छ ।

त्यस्तै चौरजहारीस्थित रहेको मेसिन अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले पनि आजबाट उपचार सुरु गरेको छ ।

यसैबीच बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी रामकृष्णा गिरी बिरामी परेपछि थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?