अरुण बराल
३ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जन्म धनकुटाको विकट मानिने मुगा गाविसमा भएको थियो । तर, पृथ्वीनारायण शाहको एकीकरणसँगै मुगामा थापा परिवारले बसाएको सभ्यता अहिले खण्डहर वस्तीमा परिणत भएको छ ।

उपचारका लागि दिल्ली जानुअघि मालीगाउँस्थित आफ्नो निवासमा पूर्वप्रधानमन्त्री थापाले भनेका थिए-हामीलाई यो ठाउँसम्म पुर्याउने आफ्नो जन्मथलोलाई नबिर्सनु ।
दिल्लीमा उपचार गर्न नजाँदै हामीले पूर्वप्रधानमन्त्री थापासँग उनकाे जन्मस्थलबारे भिडियो वार्ता गरेका थियौं । थापाले आफू जन्मिएको गाउँको वर्णन गर्दै आफ्ना सन्तानहरुलाई आफू जन्मिएको ठाउँ नबिर्सन आग्रह गरेका थिए ।
हेर्नुहोस् एक्स्क्लुसिभ भिडियो
मुगा : जसले थापा परिवारलाई पर्खिरहेछ
सूर्यबहादुर थापा जन्मेको मुगा विकट भइकन पनि अचम्मको ठाउँ हो । त्यहाँ शहर बजारका जस्तै ठुल्ठूला घरहरु छन् । तर, ती घर संरक्षणको पर्खाइमा भग्न अवस्थामा छन् ।
सूर्यबहादुर थापाको घर द्वन्द्वको चपेटामा परेर ध्वस्त भएको छ । थापाका पिता टेकबहादुर लप्टनले काठमाडौंबाट प्राविधिकहरु लगेर विसं. २००१ सालमा सो घर बनाएका थिए ।
सूर्यबहादुरको जस्तै हेडम्बबहादुर थापा, अर्जुन थापा, भक्तबहादुर थापा र खड्गबहादुर थापाका ठूला ठूला घरहरु छन् मुगा गाउँमा । आफ्ना पूर्खाको सम्झनामा थापा परिवारले पार्कहरु बनाएका छन् । काठमाडौंको मृगस्थलीमा जस्तै लस्करै मन्दिरहरु छन् । माल पाएर पनि चाल नपाएका गाउँलेहरुले त्यहाँ रहेका मूर्तिहरु तोडफोड गरेका छन् । र ढुंगामा सायरीहरु लेखेका छन् । पार्कका भित्तामा माओवादी जनयुद्धका नाराहरु कोरिएका छन् ।
कांग्रेस नेता रहेका अजितनारायण थापाले भने आफ्नो घरको संरक्षण गरेर धुरीमा नेपाली कांग्रेसको झण्डा फहराएका छन् ।
थापा परिवारले लामो समय वस्ती बसाएको मुगामा एउटा मनमोहक सभ्यता बसेको थियो । अहिले सूर्यबहादुर थापा संसार छाडेर गए । तर, जीवनको उत्तरार्धमा उनले भनेका छन्- ‘आफ्नो जन्मस्थलो छाड्नुहुँदैन । त्यही ठाउँले हामीलाई यहाँसम्म पुर्यायो, मेरा सन्तानले आफू जन्मेको ठाउँ नछाडुन् ।’
विगतमा मुगा पुग्न निकै कठिन भए पनि अब यातायातको सुविधा भएकाले गाउँलाई नबिर्सन थापाले आफ्ना सन्ततिसँग आग्रह गरेका छन् । सुन्दर मुगा गाउँ यतिबेला थापा परिवारको संरक्षणको पखाईमा छ । गाउँको एउटा सभ्यता खण्डहर भएर ढल्न लागेको अवस्थामा छ । थापाले हामीसँग भनेका थिए, यो त गाउँको निधि हो नि ।
मुगामा वि.सं. ००४ सालमै विद्यालय स्थापना भएको थियो । थापाको बाल्यकालको शिक्षा यही विद्यालयमा भएको हो ।
यो पनि पढ्नुस्
सम्झनामा सूर्यबहादुर थापा (फोटो कथा)
थापाको निधनको शोकमा शुक्रबार सार्बजनिक विदा
सूर्यबहादुर थापाको पार्थिव शरीर नेपाल ल्याइयो
हेर्नुहोस् मुगा गाउँका केही एक्स्क्लुसिभ तस्वीर










(यी भिडियो र तस्वीरहरु डकुमेन्ट्री निर्माणको प्रयोजनका लागि खिचिएका हुन्)
प्रतिक्रिया 4